लन्डन- फोनिज युकेको अध्यक्षमा गोमा रानालाई चयन भएकी छन् । उनी यसअघि उपाध्यक्ष थिइन् ।
फार्नब्रोमा आयोजित वार्षिक साधारण सभामा शाखाकी अध्यक्ष प्रमिला लाबुङ राईले सबैलाई समान अवसर प्रदान गर्न रनेतृत्व विकासका लागि आफूले अध्यक्ष पदबाट राजीनामा दिएको बताइन् । राईले नवनिर्वाचित रानालाई कागजातहस्तान्तरण गरिन् ।
साधारणसभाले बेलायतमा फोनिज युके पत्रकारिता पुरस्कार स्थापना गर्ने निर्णय गरेको छ । सो पुरस्कारका बारेमाकार्यसमितिले विस्तृत योजना बनाउने बताइएको छ ।
फोनिज युकेले यसअघि नै नेपालमा फोनिज युके पत्रकारिता पुरस्कारस्थापना गरिसकेको छ । जसबाट हरेक वर्ष दुईजनालाई २५–२५ हजाररुपैयाँसहित पुरस्कार प्रदान गरिँदै आएको छ ।