Logo

सोमवार, श्रावण २५ गते २०८३   |   2026 August 10

images

images

क्यालिफोर्नियामा अन्तर्राष्ट्रिय जातीय विभेद उन्मुलन दिवस सम्पन्न

क्यालिफोर्नियामा अन्तर्राष्ट्रिय जातीय विभेद उन्मुलन दिवस सम्पन्न

सतीश चापागाईं

९, चैत्र २०७८
images
क्यालिफोर्नियामा अन्तर्राष्ट्रिय जातीय विभेद उन्मुलन दिवस सम्पन्न

 

२१ मार्च, सान फ्रान्सिस्को,क्यालिफोर्निया क्यालिफोर्नियाको सान फ्रान्सिस्को शहरमा ५७औंअन्तर्राष्ट्रिय जातीयविभेद उन्मुलन दिवससफलतापूर्वक मनार्ईएको भ्वईसेज फर एक्सन अगेन्स्ट रेसिजमभन्ने नाराका साथमनार्ईएको उक्त कार्यक्रमको आयोजना नेपलिजअमेरिकन सोसल अर्गनाईजेशन (नासो कम्युनिटी) क्यालिफोर्नियाच्याप्टरले गरेको थियो सान फ्रान्सिस्को शहरको केन्द्रमा रहेको सिटी हलको प्राङ्गणमा सम्पन्न उक्त कार्यक्रममा करिव२५ जनाको उत्साहजनक उपस्थिती रहेको थियो

कार्यक्रममा बोल्दै नासोक्यालिफोर्नियाका सदस्य जुम सुनारले आफुमाथि भएको जातीय विभेदका घटनाहरु बाहिरल्याउनुपर्ने बताउँदै त्यस्ता घटनाको विरुद्ध लड्नु सबैको सामुहिक दायित्व भएको बताउनु भयो त्यस्तै संस्थाको वरिष्ठउपाध्यक्ष माया टमटाले अमेरिकामा आफ्नो व्यस्त समयका बावजुद पनि समुदायका लागि समय निकाल्नु पर्ने कुरामाजोडदिनु भएको थियो

सामाजिक अभियन्ता प्रेम परियारले अमेरिकामा समेत जातीय विभेदका घटनाहरु बढीरहेकोसन्दर्भमा त्यसका विरुद्ध एकताको खाँचो भएको बताउँदै आफुमाथि भएका जातीय विभेदका घटनाहरुका बारेमा खुलेरबोल्नुपर्ने बताउनु भएको थियो

संस्थाका च्याप्टरअध्यक्ष ध्रुवराज विश्वकर्माले आफ्नो मन्तव्य राख्दै जातीय विभेदविरुद्ध लड्नकालागि सामुहिक एकताको खाँचो रहेको संस्थाले त्यसै अनुसारका गतिविधीहरुलाई संचालन गर्नुपर्नेबताउनुभयो

कार्यक्रमको अन्त्यमा, नासोकम्युनिटी अमेरिकाका केन्द्रीय सदस्य भीमनारायण विश्वकर्माले २१ मार्चमनाउनुको ऐतिहासिक पृष्ठभुमीको बारेमा जानकारी दिंदै यस दिवस मनाउनुको महत्वमाथि प्रकाश पार्नुभएको थियो

साथै उहाँले अमेरिका जस्तो देशमा स्वयं आफुपनि जातीय विभेदको शिकार हुनु परेको दुखद कुरा स्मरण गर्दै जातीयविभेदका घटनाहरुमा शुन्य सहनशिलता राख्नुपर्ने बताउँनुभयो उहाँले स्थानीय स्तरमा क्रियाशिल अन्य संघसंस्थाहरुसंगको समन्वय सहकार्यलाई पनि संगसंगै लिएर जान सकेको अवस्थामा अझ अपेक्षित नतिजा निस्कने बताउँनुभएको थियो

कार्यक्रममा केहि स्थानीयको उपस्थिती एवं ऐक्यवद्धता समेत रहेको थियो कार्यक्रमको आवश्यक व्यवस्थापन भीमनारायण विश्वकर्मा एवं संस्थाका सचिव कल्पना विश्कर्माले गर्नु भएको थियो

images
प्रकाशित मिति :चैत्र ९, २०७८ बुधवार - ०३:३२:३० बजे

सतीश चापागाईं

Copyright © All right reserved to Nepalses Diaspora Site By: SobizTrend