बाल्टिमोर, अमेरिका । हलिउड अभिनेता सिल्भियो सिमाक नेपाल जांने भएका छन् ।
एक्सन फर नेसन्सको आयोजनामा २६ मार्च २०२२ मा हुनगइरहेको महिला सशक्तीकरणका लागि आत्मरक्षा तालिम सञ्चालनका लागि पहिलो पटक नेपाल आउन लागेको संस्थाका अध्यक्ष प्रकाश थापाले जानकारी दिनुभयो ।
हलिउड अभिनेता सिल्भियो समर्पित मार्शल आर्टिस्ट र विश्व च्याम्पियन हुनुहुन्छ जसले ज्याकी च्यान, जेट ली र अधिक जस्ता धेरै प्रसिद्ध अभिनेताहरूसँग अभिनय गर्नुभएको छ ।
अभिनेता सिल्भियो एक्शन फर नेसन्स (ब्ँल्) को सद्भावना दूत पनि हुनुहुन्छ । एक्सन फर नेसन्सले अमेरिका, नेपाल, भारत र पाकिस्तानमा महिला सशक्तीकरणका लागि आत्मरक्षा तालिम लगायतका महत्वपुर्ण कार्यहरु गरेको भन्दै हालै मात्र अमेरीकामा शो फेस्ट सोसल अवार्ड २०२२ समेत प्राप्त गरेको छ ।