Logo

मंगलवार, श्रावण २६ गते २०८३   |   2026 August 11

images

images

गुल्मीका युवालाई नेपाली समाजसेवी भण्डारीद्धारा मुम्बइबाट उद्दार

गुल्मीका युवालाई नेपाली समाजसेवी भण्डारीद्धारा मुम्बइबाट उद्दार

सतीश चापागाईं

१५, चैत्र २०७८
images
गुल्मीका युवालाई नेपाली समाजसेवी भण्डारीद्धारा मुम्बइबाट उद्दार

काठमाडौं । भारतको मुम्बइमा बन्धक बनाइएका एक नेपाली युवालाई मुम्बइमा लामो समयदेखि सामाजिक काममा सक्रिय नेपाली युवा समाजसेवी सागर भण्डारीले उद्धार गर्नु भएको छ ।

उहाँले गुल्मीको मुसिकोट नगरपालिका ३, तोलादीका सुमन खत्रीलाई मुम्बइको एक होटलबाट उद्धार गरेर घर पठाउनु भएको हो ।

होटलमा काम गर्ने क्रममा होटललाई क्षती गराएको भन्दै होटल सञ्चालकले झण्डै चार महिनादेखि बन्धक बनाएको थाहा पाएपछि खत्रीलाई होटलमै गएर उद्धार गरेको समाजसेवी भण्डारीले जानकारी दिनुभयो । स्थानीय प्रशासन र भिमराज गहिरे लगायतका साथीहरुको सहयोगमा खत्रीलाई उद्धार गरेर घर पठाएको भण्डारीले बताउनु भयो ।

झण्डै ७ लाख बराबरको क्षती बनाएकाले पैसा नतिर्दासम्म घर जान नदिने भन्दै होटल सञ्चालकले थुनेपछि खत्रीलाई मानसिक समस्या समेत भएको उनका आफन्तहरुले बताएका थिए ।

खत्रीका आफन्त र जापानमा रहेका उनका बाबु आमाको आग्रहमा समाजसेवी भण्डारीले खत्रीलाई उद्धार गरिदिनु भएको हो । आफ्नो छोरालाई उद्धार गर्न समाजसेवी भण्डारीलाई खत्रीका बाबु आमाले जापानबाटै पत्र पठाउनु भएको थियो ।

नवलपरासीको अरुण खोलाका स्थायी बासिन्दा समाजसेवी भण्डारीले लामो समयदेखि मुम्बइमा रहेर नेपालीहरुलाई सहयोग तथा उद्धार गर्ने कार्य गर्दै आउनु भएको छ । रोजगारीका लागि मुम्बइमा बस्नु भएका भण्डारीले कोरोना महामारीका बेलामा पनि धेरैलाई घर पठाउने र खाद्यान्नको व्यवस्था गरिदिने गर्नु भएको थियो ।

images
प्रकाशित मिति :चैत्र १५, २०७८ मंगलवार - ०३:५४:२५ बजे

सतीश चापागाईं

Copyright © All right reserved to Nepalses Diaspora Site By: SobizTrend