Logo

सोमवार, श्रावण २५ गते २०८३   |   2026 August 10

images

images

सिकागोमा नेपाली नयां बर्ष मनाउने तयारी अन्तिम चरणमा

सिकागोमा नेपाली नयां बर्ष मनाउने तयारी अन्तिम चरणमा

सतीश चापागाईं

२०, चैत्र २०७८
images
सिकागोमा नेपाली नयां बर्ष मनाउने तयारी अन्तिम चरणमा

सिकागोको सामाजिक संस्थासिकागोल्याण्ड नेपाली फ्रेण्डशीप  सोसाइटीले हरेक बर्षजस्तै यस बर्ष पनि सिकागोबासीनेपाली समुदायलाइ ध्यानमा राख्दै विभिन्न कार्यक्रमहरु आयोजना गरेको

 

नयां बर्ष २०७९ लाई सब्य भब्य रुपमा सांगीतिकमय  मनाउने जमर्को गरेका छौं, नेपालकै  लोकप्रिय गायिका कुन्तिमोक्तान तथा संगीतकार शिला बहादुर मोक्तानको साथमा यो बर्षको कार्यक्रम हुने  संस्थाका महासचिब बिजेन्द्र बिक्रमराणाले जानकारी दिए

 

कार्यक्रममा मोक्तान जोडीका चर्चित गितहरु चोलि राम्रो पाल्पालि ढाकाको , गोठालो जादा, खुटटा तान्दै गर , तथा माथिमाथि सैलुङे मा चौरि डुलाउने जस्ता सुपर हिट  गितको प्रस्तुति रहने जानकारी कार्यक्रमका संयोजक गोपाल जि सिले दिनुभएको

कार्यक्रम ब्यबस्थापन पक्ष राम्रो रहेको अन्तिम चरणमा पुगेको जानकारी संयोजक गोपाल जि सिले दिनु भएको

कार्यक्रम भब्य शब्य कार्यक्रम हुने सस्थाको महासचिब बिजेन्द्र बिक्रम राणाले बताउनु भयो |

 

सिकागोल्याण्डका महासचिवद्वारा जारी बिज्ञप्ति

 

 

आदरणीय सिकागोबासी दाजुभाइ तथा दिदीबहिनीहरु सबैमा सादर  नमस्कार!!!

आउंदै गरेको नेपाली नयांबर्ष २०७९ को हार्दिक मंगलमय शुभकामना यस बर्षले यहाँहरु सबैमा सुखशान्ति ,सम्बृद्धि,उन्नति प्रगति

थप प्रगाढ होस भन्ने  पुर्ण कामना पनि गर्दछौं |

 

हाम्रो साझा संस्था सिकागोल्याण्ड नेपाली फ्रेण्डशीप  सोसाइटीले हरेक बर्ष सिकागोबासी नेपाली समुदायलाइ ध्यानमाराख्दै  विभिन्न कार्यक्रमहरु आयोजना गरी मनोरञ्जन  प्रदान गराउनुको  साथै आफ्नो सस्कृति ,परंम्पराहरुको जगेर्ना समेतगर्दै आइरहेको |

 

 यस पटक पनि हामिले नयां बर्ष २०७९ लाइ सब्य भब्य रुपमा सांगीतिकमय  मनाउने जमर्को गरेका छौं , नेपालकै  लोकप्रिय गायिका कुन्ति मोक्तान तथा सङितकार शिला मोक्तान हामी माझ आउदै हुनुहुन्छ  उहाँका धेरै चर्चित गितहरुचोलि राम्रो पाल्पालि ढाकाको , गोठालो जादा, खुटटा तान्दै गर , तथा माथि माथि सैलुङे मा चौरि डुलाउने जस्ता सुपरहिट  गित उहाँले नै गाउनु भएको थियो   उहाँको साथमा हाम्रा सदावहार स्थानिय गायक गायिका लगायत तपाईं हाम्रैबालबच्चाहरुको पनि बेजोड प्रस्तुति रहने उक्त कार्यक्रममा  यहाँहरु सपरिवार उपस्थितिको  लागि हार्दिक निमन्त्रणागर्दछौं |

 हजुरहरु हामी सबैलाइ  थाहा भएकै कुराहो कि यहाँहरुको सरसहयोग  बिना यो संस्था  कदापि अगाडी बढ्न सक्दैन तसर्थ  यस कार्यक्रमको लागि  नयां बर्षको शुभकामना दिन वा  स्पोन्सर गरी कुनै आर्थिक  सहयोग गर्न चाहानुहुन्छ भने,  संस्थाका ब्यक्तिहरुलाइ सम्पर्क सक्नु हुनेछ  |

कार्यक्रम सम्बन्धी  थप जानाकारी आउने दिनहरुमा  फेरि सम्प्रेषण गरिनेछ

 

मिति :- अप्रील 10 ,आइतवार 4:00 PM-9:00PM स्थान:-2448 W Devon Ave Chicago

images
प्रकाशित मिति :चैत्र २०, २०७८ आइतवार - ०५:०४:३२ बजे

सतीश चापागाईं

Copyright © All right reserved to Nepalses Diaspora Site By: SobizTrend