बाल्टिमोर एसोसिएसन अफ नेप्लिज इन अमेरिका(बाना)को आइतबार भएको निर्वाचनमा अध्यक्ष पदमा सुबोध विलासपन्त निर्वाचित भएका छन । पन्त दोश्रो कार्यकालका लागि निर्वाचित भएका हुन ।
यसैगरी वरिष्ठ उपाध्यक्ष पदमा लक्ष्मी भारती, उपाध्यक्षमा भीम केसी(सर्वसम्मत), महासचिवमा सागर घिमिरे, सचिवमाहिरा खत्री (सर्बसम्मत), कोषाध्यक्षमा पार्वती सिंह “रृचा” निर्वाचित भएका छन । बानाको कार्यकारी समितिकोसदस्यहरुमा क्रमस: बसन्त बस्नेत, भुपेन्द्र गुरुङ, इशा गुरुङ, खिमबहादुर मश्रांगी, सन्तोष घिमिरे, सरु बिश्वकर्मा, श्यामकृष्ण कोइराला र यमुना घिमिरे विजयी भएका छन ।

निर्वाचन अत्यन्तै सौहार्दपूर्ण वाताबरणमा सम्पन्न भएको र विजयी उमेद्वारहरुलाई छिट्टै सपथ ग्रहण र प्रमाण पत्रबितरणको कार्यक्रम राखिने निर्वाचन आयुक्त डाक्टर कृष्ण ढकालले जानकारी दिएका छन ।

दुई हजार दुईसय ६३ सदस्य भएको बानामा एक हजार ४ सय ६३ मत खसेको थियो ।
विजयी सबै उमेद्वारहरुलाई नेप्लिज डायस्पोरा परिवार हार्दिक बधाई र सफल कार्यकालको लागि शुभकामना व्यक्त गर्दछ।