Logo

सोमवार, श्रावण २५ गते २०८३   |   2026 August 10

images

images

म्याग्दी समाजको नयां बर्ष सांझमा मुख्य कलाकार आस्था राउत

म्याग्दी समाजको नयां बर्ष सांझमा मुख्य कलाकार आस्था राउत

सतीश चापागाईं

२१, चैत्र २०७८
images
म्याग्दी समाजको नयां बर्ष सांझमा मुख्य कलाकार आस्था राउत

म्याग्दी समाज अमेरिकाले आयोजना गरेको नयां बर्ष शुभकामना सांझको तयारी अन्तिम चरणमा पुगेको आयोजकलेजनाएको

 

नेपाली नयाँ बर्ष २०२२ को पहिलो दिन जनवरी कै दिन शुभकामना आदान प्रदान सहित रमाइलो कार्यक्रम गर्ने हो।" म्याग्दी समाज अमेरिकाका उपाध्यक्ष भीम केसीले बताए

 

हामीले सबै तयारी पुरा गर्यौं सबैको सहयोगले उत्साह मिलेको म्याग्दी समाज अमेरिकाका अध्यक्ष अर्जुन शाहीलेनेप्लिज डायस्पोरासंगको कुराकानीमा बताए।

 

कार्यक्रमकी मुख्य आकर्षक कलाकार आस्था राउत अमेरिका आइसक्नु भएको अन्य कलाकारहरु पनि उत्साहकासाथ बस्नु भएको उपाध्यक्ष केसीले भने, “हामी अन्य कुराको व्यबस्थापनमा लागेको छौं "

 

कार्यक्रममा अमेरिका मैरहेका कलाकारहरु भगवान भण्डारी, सिर्जना विरही थापा, राजन ठकुरी, राज ढुंगेल, याम क्षेत्री, लक्ष्मण पौडेल, उदयभट्टराई, कल्पना देवकोटा, अमृत रामदाम, खिम मश्रांगी सुजन रामदाम रहेका छन्। साथै कलाकारहरु सज्जन बोहोरा, सपना गुरुङ, सम्झना गुरुङ, अपेक्षा गुरुङ परियार, रुबी पौडेल, माधवी भण्डारी, तनुजा बुढाथोकी, कृषा कार्की सरीनाथापा समेतले आफ्नो प्रतिभा प्रस्तुत गर्ने छन्।

 

कार्यक्रममा झण्डै सय दर्शकको अपेक्षा गरिएको पनि उपाध्यक्ष केसीले नेप्लिज डायस्पोरालाई बताए।

सांगितिक कार्यक्रममा अनुशासन पुर्बक नाच्ने रमाईलो गर्ने दर्शकलाई पुरस्कारको व्यवस्था गरिएको पनि उपाध्यक्षकेसीले बताए।

 

नेपाली नयाँ बर्षको पुर्ब सन्ध्यामा हुन गैरहेको यस कार्यक्रममा उपस्थित भै शुभकामना आदान प्रदान गर्न हाम्राकलाकारहरुको प्रस्तुतीबाट भरपुर मनोरन्जन लिनुहुन बाल्टिमोरवासी सम्पुर्ण नेपाली दाजुभाई तथा दिदीबैनिहरुलाई बिनम्रअनुरोध गरिएको अर्जुन शाहीले जानकारी दिएका छन्।

 

कार्यक्रम हुने समय ठेगाना यसप्रकार :


मिति: अप्रिल १०, २०२२ आईतबार
समय: साँझ बजेदेखि राती बजेसम्म
स्थान:  1909 Old Eastern Ave Essex, MD, 21221

images
प्रकाशित मिति :चैत्र २१, २०७८ सोमवार - २३:१७:१२ बजे

सतीश चापागाईं

Copyright © All right reserved to Nepalses Diaspora Site By: SobizTrend