पाल्पाली संगम अमेरिकाले मेरिल्याण्ड च्याप्टरद्वारा पाल्पालीहरुका बीच समर पिकनिकको आयोजना गरेको छ । संगम मेरिल्याण्डका अध्यक्ष लक्ष्मण पौडेलले यो जाकारी गराएका हुन ।
पिकनिकमा अमेरिका भरीका पाल्पालीहरुलाई सार्बजनिक निमन्त्रणा गरिएको पनि अध्यक्ष पौडेलले बताए ।
कार्यक्रमको तयारीमा आफूहरु जुटिसकेको संगम मेरिल्याण्डका सचिव प्रवेश उप्रेती 'पल'ले बताए । कार्यक्रममा भेटघाट, पाल्पाली परिकारको भोजन सहित मनोरन्जनात्मक प्रस्तुतीहरु रहने पनि प्रवेशले बताए ।
कार्यक्रम उक्त यहि मे को २० तारिख आईतबारका दिन हुनेछ । पिकनिकको रमाईलो सुर्योदयदेखि सुर्यास्तसम्म हुने आयोजकले जनाएका छन ।
पाल्पालीहरुको पिकनिक पाच बर्षपछि हुन लागेको संगम अमेरिकाका अध्यक्ष महेश भट्टराईले बताए । यो पिकनिकले आपसी भेटघाट र सम्पर्क कायम गर्न सहयोग पुग्ने पनि भट्टराईले जानकारी दिए ।
पिकनिक हुने स्थान समय र मिति:
स्थान: 10000 Clarksville pike Ellicott City, MD, 21042
समय: सुर्योदयदेखि सुर्यास्तसम्म
मिति: May 08, 2022