Logo

सोमवार, श्रावण २५ गते २०८३   |   2026 August 10

images

images

दाह्रा बिनाक़ो बाघ र अधिकार बिनाक़ो फुली के काम? -सन्तोष श्रेष्ठ

दाह्रा बिनाक़ो बाघ र अधिकार बिनाक़ो फुली के काम? -सन्तोष श्रेष्ठ

सतीश चापागाईं

२४, चैत्र २०७८
images
दाह्रा बिनाक़ो बाघ र अधिकार बिनाक़ो फुली के काम? -सन्तोष श्रेष्ठ

 

नेपाल प्रहरी , प्रहरी प्रधान कार्यालय नक़्शाल काठमानड़ौले मिती २०७८/१२/११ गते प्रहरी का केही पदमा बढुवा सूची प्रकाशित गरेको छ।

प्रहरी जवान बाट प्रहरी सहायक हवलदार, प्रहरी हवलदार बाट वरिष्ठ प्रहरी हवलदार र १९१ जनाको संख्या मा प्रहरी नायब निरीक्षक बाट वरिष्ठ प्रहरी नायब निरीक्षक को बढुवा सूचि प्रकाशित गरेको छ।

बिगत लामों समय देखी विशेष गरी तल्लो तहका प्रहरी कर्मचारी हरू ( जवान देखी प्रहरी नायब निरीक्षक सम्म)बृती बिकशको अभाव, समय मै बढ़ुवा नहुने, सेवा सुविधा मा समान अवसर बाट बंचित, अत्यन्त न्यून सेवा सुविधा पारिश्रमिक, मथिल्लो दर्जा को पेलान, हेपाई, अपमान ,जस्ता विभिन्न कारण ले गर्दा धेरै जसो प्रहरी कर्मचारी हरू समय अगावै या निवृत्तभरणको सुविधा प्राप्त हुने बितिकै जागीर छोड़ने प्रवृति बढ़दो छ।

यसले गर्दा भर्ना, तालीम , जस्ता अन्य कार्यमा लाखौ रकम खर्चेर तयार गरेको जनशक्ति समय अग़ावै यसरी छोड़दा राज्यको लगानी बालुवा मा पानी हाले जसतै भयको छ।

तसर्थ लामों समय सम्म एउटै दर्जा मा बस्नुपर्ने र तेस्को कारण सिर्जित संगठन प्रतिको आकर्षण घटदै जादा राज्यले सो मागलाई सम्बोधन गर्ने प्रयास स्वरुप प्रहरी प्रधान कार्यालय ले तालुक गृह मन्त्रालय मार्फ़त मन्त्रिपरिषद बाट प्रहरी नियमावली सम्बोधन गरी प्रहरीमा सहायक हवलदार, बरिष्ठ हवलदार र प्रहरी नायब निरीक्षक बाट प्रहरी बरिष्ठ नायब निरीक्षक तीन तहका दर्जाहरू थप्ने निर्णय गर्यो।


यसरी थापियका क़रीब २०००० प्रहरी कर्मचारी हरू एकै पटक मा बढूवा हुनेछन।तर यतिका ठुलो संख्या मा एकै पटक बढ़वा गर्नु कार्य सम्पादन मूल्यांकन गर्नु असम्भव हुने हुदा लोक सेवाको परामर्श र सल्लाह र सहमतिमा एकपटक का स मु मार्फ़त नभई जेष्ठताको आधारमा एकैचोटि बढ़ुवाको बाटो खुलेको छ

२०७८/१२/११ गते प्रकाशित बढ़ुवा सूचि अनुसार २०५५ सालमा प्रहरी सहायक निरीक्षकमा नियुक्ति भै २०६१ सालमा प्रहरी नायब निरीक्षक मा बढ़वा भयका , तेसैगरी २०५८ सालमा प्रहरी सहायक निरीक्षक मा नियुक्ति भै २०६२/६३ सालमा प्रहरी नायब निरिक्षक बढवा भयका प्रना नि र२०६० मा नियुक्ति भै विशेष बढ़वा अंतर्गत २०६३ सालमा बढुवा भयको नेपाल प्रहरी क्लबको फुटबल प्रशिक्षक अननत थापा सहित १९१ जना समेटियको छ।

२०५५/२०५८ सालमा प्र स नी पद मा नियुक्ति भयक अधिकांश प्रहरी नायब निरीक्षक हरू यस अघि नै प्रहरी निरीक्षक पदमा बढ़ुवा भै सकेको अबस्था सोही ब्याचको बाक़ी रहेका प्र ना नि हरूको प्रहरी बरिष्ठ नायब निरिक्षक दर्जामा यो बढुवा सूचि प्रकाशित भयको हो।

नेपाल प्रहरीमा प्रहरी निरीक्षक राजपत्रांकित तृतीय श्रेणी हो भने प्रहरी नायब निरीक्षक/ प्रहरी वरिष्ठ नायब निरीक्षक राजपत्रअंनकित प्रथम श्रेणी हो। ज़िम्मेवारी बहनको हिसाबले खासै ठुलो अन्तर नभयता पनी सेवा सुविधा सम्मानको दृशटिले यी दुई दर्जा बिचको दूरी आकाश ज़मीनको फरक छ।

२० औ बर्ष संगठन मा रंगत पसीना बगायको एक जना प्रहरी नायब निरीक्षक आफ़नो अभिभावक संगठन प्रमुख प्रहरी महानिरीक्षक सग बाज को अगाड़ी सर्प परेजस्तो डराऊँनु पर्ने स्थिति हुंछ भने एक जना प्रहरी निरीक्षक ले तालीम सकेको भोलीपल्ट आईजिपीं सगै बसेर स्यामपेन चेस गर्ने हैसियत राखदछ।अख़िर किन यती धेरै विभेद ? एउटै संगठन का सदस्य बिच पनी किन दलित लाई जस्तो व्यवहार? यस्तै विभेदका कारण नेपाल प्रहरी मा सेवा प्रतिको आकर्षण घटदो छ, यस्को अर्थ मैले सिपाही हवलदार ले आईजिपी संग बसेर स्यामपेंन खानु पाऊँनु पर्छ भन्ने होईन, दर्जा बढनु ठुलो क़ुरा होईन, ठुलो क़ुरा विभेद हटौनु र मनोबल बढ़ाउनु हो।

पेशा प्रति आकर्षण बढ़ाउनु हो, अफ़नो पेशा र संगठन प्रति गौरवनित गराउनु हो। सिपाही बिनाक़ो जर्नेल को कुनै काम हुड़ैन।जसरी दार्हा बिनाक़ो बाघ को कुनै अर्थ हुदैन उसैगरी सेवा सुविधा, अधिकार, आत्मासम्मन, आत्मासन्तुष्टि र आत्मास्वाभिमान बिना को फुलीको के काम?

२०५५सालमा नियुक्ति भयका प्रहरी सहायक निरिक्षक हरूँ जो २०६१ सालमा प्रहरी नायब निरीक्षक (सई) बढ़ुवा भयका छन, उनिहरू क़रीब १८ बर्ष सम्म एउटै दर्जा मा बस्न बाध्य भय, जागीर अवधि २३ बर्ष बितदा र १८ बर्ष सम्म एउटै दर्जा मा बसेर प्रहरी निरीक्षक हुने मुखमा पानी नचलने प्रहरी वरिष्ठ नायब निरीक्षक को बढ़वाले कती ऊर्जा र उत्साह थप्ला त्यो त भबिश्यले देखाउला।

कती सम्म पिडा छ भने कलकलाउदो उमेरमा प्रहरी नायब निरीक्षक हुदा छोरी दियर बिहे गरेको ज्वाई २०/२२ वर्ष सम्म नाती नातिना ठूला भयर पनी Australia / अमेरिका पढ़नु जाने लागदा पनि ज्वाई लाई सधै ऊहि एउटै दर्जा मा ( सधै उही दुई फुली) मा देखदा सधै एउटा प्रश्न मनमा ऊब्ज़ियको हुंछ , ज्वाई साप बढुवा कहिले हुनछ? उत्तर सहज छैन।

जान्ने बुझने उमेर भय देखी बुबाको घरको भित्तामा झुण्डयको प्रहरी uniform मा देखेको २ तारा लामों समय सम्म बितदा पनि कुनै परिवर्तन नभयको देखदा प्रश्न गरछन,बुबा हजुरको सधै यही दुई फुली हो? अस्ती त म बजार जादा अरु पुलिस अंकल हरूले त धेरै फुली लगायको देखेको थिय त? हजुरको कपाल फूलूंजेल सम्म यही दुई तारा हुन त्यो पनी रंग खुइलेको?(धेरै बर्ष भयपछी खुईलिंनछ ) न ससुरा लाई दिने जबाफ छ , न छोरा छोरी लाई। स्थित यस्तो भय सम्म भयो कि ससुराल जान पनी लाज लागन थाल्यो।

यस्तै स्थिति प्रहरी जवान मा पनि छ, प्रहरी संगठन को मेरुदंड मानिने र बढ़ी समय फ़ील्ड माँ खटिनु पर्ने दर्जा हो सिपाही हवलदार ।तर उसैको सेवासुविधा अत्यन्त न्यून छ।परिवार पालन र शिक्षा दीक्षा दिन जवान हवलदारको जागीर ले गारो छ।अनी सेवा सुविधा केही पनी नबढ़ने , दुखा पीड़ा केही पनी नघटने। पेलान र हेपाई सधै उस्तै अनी १५/१६ बर्ष सम्म सिपाही दर्जा मै रहेर १६ बर्ष पछी बढ़ुवा हुने सहायक हवलदारले कुम मा एउटा धर्सो त थप्ला तर उसको मुहारमा हासो भर्ने कदापि छैन।

तसर्थ तत्कालको लागी यो व्यवस्थाले क्षणिक मनोबल उच्च गराऊला, कांधको फुली फेरियला, तर समयअंतर मा यो नै प्राप्त हुने छैन।सेवा सुविधा , अधिकार , ज़िम्मेवारी , आत्मासम्मन बिनाक़ो बढ़ुवाको कुनै अर्थ हुदैन।

तल्लो तहका प्रहरी कर्मचारीको मनोबल उच्च राख़्नु गर्नुपर्ने सुधार

(१) हाल बिध्यमान प्रहरी नियमावली बमोज़िम प्रहरी निरीक्षक दर्जा मा सुरू नियुक्ति गर्दा ६०/ ख़ुल्ला प्रतियोगिता र ४०/ आन्तरिक बढ़ुवा मार्फ़त गरिनेछ।प्रहरी को तल्लो पदमा बढ़ूवा नभै लामों समय सम्म रोकिने/ जाम हुने प्रमुख कारण यही हो। प्रहरी संगठन को बनावट बोत्तल अकारको छ, तल फूकेको माथि घाटी सुकेको, माथि अड़कियो भने तल पुरै जाम हुने।

तेसैले नियमावलीको यो प्रावधान संशोधन गरेर ४०/ ख़ुल्ला र ६०/ आन्तरिक बढवा मार्फ़त गर्नु पर्छ जसले गर्दा लामों समय सम्म एउटै पदमाँ स्नु पर्ने समस्या स्वत समाधान हुंछ।तसर्थ प्रहरी संगठन र नेतृत्व ले यस तर्फ ध्यान दिन ज़रूरी छ।

(२)यस नियमावली को कारण हाल खुला प्रतियोगिता मार्फ़त १४९
जना सम्म प्रहरी निरीक्षक नियुक्ति गर्दा एकै ब्याचको साथी आईज़िपी हुदा सोही ब्याचको साथी प्रहरी उपरिक्षक(SP) मा घर जाने अबस्था आउछ।तसर्थ ४०/ cream officer नियुकत गर्ने,ज़सको बिचमा अस्वस्थ प्रतिस्पर्धा पनि नहोस। बाक़ी ६०/ विभागीय अनुभवी प्रहरी बढ़ुवा गर्दा संगठन बधिय गतिशील र चलायमान हुनछ।

(३) + २ वा I A पस्से गरे पछि नेपाल आर्मी मा नियुक्ति हुने सहायक सेनानी राजपत्रांकित अधिकृत हुंछ भने सोही योग्यताको नेपाल प्रहरी र सशस्त्र प्रहरी मा भर्ना हुदा राजपत्रअनकित श्रेणी हुंछ। राज्यले नै जून विभेद गरेको छ यसलाई संशोधन गरेर प्रहरी नायब निरीक्षक लाई राजपत्रांकित श्रेणी मा राख़्नु पहल गर्नु पर्ने हुंछ।

(४) १० वर्ष सम्म प्रहरी नायब नीरिक्षक दर्जा मा रहे पश्चात आवश्यक शैक्षिक योग्यता र तालीम प्राप्त गरेको छभने स्वतःबढ़ुवा हुने बयाबस्था गर्नु पर्छ।

(५)राजनैतिक खिचातानीले गर्दा समय मै बढ़ूवा हुन नसकेको हुदा दरबनदी ख़ाली भयको ३ महिना भित्र कुनै पनी पदमा बढवा गरीसकनु पर्ने छ।अन्यथा स्वत दरबनदी ख़ाली हुनेव्यवस्था गर्नु पर्दछ।

(६) बन्द भयका विभिन्न अंतरष्ट्रिय mission हरू सुचारु गर्नु नेतृत्व ले पहल गर्नु पर्दछ।

(७)नियुक्ति,सरुवा बढुवा सेवा सुविधा र अवसर सबै लाई समान पारदर्शी हुनु पर्दछ।

(८)राम्रो गर्ने लाई पुरस्कार र ग़लत गर्ने लाई दण्ड सजायको व्यवस्था गर्नु पर्दछ।

लताकपड़ा लगायत सामानहरू नियमित रुपमा वितरण गर्नु पर्दाछ।

(९)हरेक प्रहरी कर्मचारीलाई नियम अनुसार पाऊने घरबिदा उपलब्ध गराऊनु पर्नेछ।

(१०) प्रहरी जवान तथा प्रहरी हवलदार को पेन्शन अवधि १६ बर्ष क़ायम गरिनु पर्छ। यी तल्लो दर्जाको जागीर कार्यकालमा अपबाद बाहेक धेरैको आर्थिक अबस्था निम्न हुंछ। यदि १६ बर्ष मा पेन्शन भयमा सो समय उमेर जोश जागर बल समेत हुने भयको हुदा उसले पेंशन पश्चात अर्को जीवन सुरु गर्न सक़्छ, नया पेशा व्यवस्था मा संलग्न हुन सक़्छ, वैदेशिक रोज़गारीमा जानु सकछ, आय अर्जन
को कुनै बिकल्प आगालन सकछ।


( नेपाल सरकार पुर्व प्रहरी अधिकृत सन्तोष श्रेस्ठ हाल अमेरिकाक़ो बॉल्टिमोरमा बस्नुहुंछ। उहाँ समसामयिक बिषयहरुमा कलम चलाउने गर्नुहुन्छ। उहाको लेख जस्ताको तस्तै प्रस्तुत गरेका हौं । -सम्पादक।)

images
प्रकाशित मिति :चैत्र २४, २०७८ बिहिवार - ०९:०२:२२ बजे

सतीश चापागाईं

Copyright © All right reserved to Nepalses Diaspora Site By: SobizTrend