Logo

मंगलवार, श्रावण २६ गते २०८३   |   2026 August 11

images

images

अमेरिकामा कलाकार सुन्दर हमाललाई उखुम भएपछि

अमेरिकामा कलाकार सुन्दर हमाललाई उखुम भएपछि

सतीश चापागाईं

२९, चैत्र २०७८
images
अमेरिकामा कलाकार सुन्दर हमाललाई  उखुम भएपछि

बाल्टिमोर, अमेरिका।

अमेरिकामा कलाकार सुन्दर हमाललाई उखुम भएपछि नया गीत बनेको छ । हमाललाई माया प्रेममा उखुम भएको रहेछ । यो कुरा गीतको शब्दले व्यक्त र भिडियोले पुष्टि गरेको छ । 

लोक गीत संगीतमा मौलिक शब्द प्रयोग गरेर छुट्टै पहिचान बनाएका सफल सर्जक हुन् सुन्दर हमाल, हाल अमेरिकामा बस्दै आएका सुन्दर हमालले लामो समयदेखि दोहोरी क्षेत्रलाई निरन्तर दिदै आएका छन।

आफ्नै सृजनाबाट नया नया प्रस्तुति दिदै आएका हमालले फेरी नया गीत ‘उखुम भयो नि’ बजारमा आएको छ।चर्चित गीतहरु ‘कहिले पुग्ला धन,सइले,आउँन मायालु,जहाज उडेर’जस्ता चर्चित भाकाहरुमा आफ्नो सृजना भरेका सुन्दरले फेरी अर्को गीत मार्फत बजार आउने प्रयास गरेका छन।

सुन्दर हमालको प्रस्तुतिमा नयाँ लोक तथा दोहोरी गीत ‘उखुम भयो नि’ सार्वजनिक गरिएको छ। अस्मिता अधिकारी र तिलक बम मल्लको स्वर रहेको गीतको भिडियोमा मोडल तथा अभिनेत्री आंचल शर्मा र मोडल तथा कोरियोग्राफर सुनिल क्षेत्रि फिचर्ड छन्।

डान्सिङ्ग बिटको गीतमा सुन्दर हमालको शब्द तथा राजन कार्कीको संगीत रहेको छ। सुनिल क्षेत्रिको कोरियोग्राफी तथा निर्देशन रहेको भिडियोको छायाँकन करण चैंसिरले गरेका हुन्। भिडियोको सम्पादन अमृत चापागाईंले गरेका छन्।

सुन्दर हमालले यस अघि पनि थुप्रै गीत संगीत सार्वजनिक गरि सकेका छन्। उनको शब्द संगीतमा सईले,उनको संगीतमा आऊन मायालु,शब्द संगीतमा जहाज उडेर,पन्चे बाजा गीत कहिले पुग्ला धन लगाएत उनका चर्चित गीतहरु हुन्। उनि नेपाली लोक संगीतमा लामो समय देखि सक्रिय रहँदै आएका छन्। ‘उखुम भयो नि’ को भिडियो सुन्दर हमाल अफिसियल यु ट्युब च्यानल मार्फत सार्वजनिक गरिएको छ।

images
प्रकाशित मिति :चैत्र २९, २०७८ मंगलवार - २२:२९:४९ बजे

सतीश चापागाईं

Copyright © All right reserved to Nepalses Diaspora Site By: SobizTrend