यो धर्तिमा जब मानिसको वस्ति विस्तार हुन थाल्यो तव समुदाय र ठाउँ विशेषमा फरक फरक भाषा, संस्कार, परम्परा, भेषभुषा, रितिरिवाजको विस्तार एवं विकाश हुँदै गयो । कालान्तरमा यसले हरेकको पहिचान अलग अलग स्थापित गर्दै लग्यो ।
हामी नेपालीहरुको पनि आफ्नै मौलिक भाषा, संस्कृति, चाडपर्व, रितिरिवाज, मुल्यमान्यता, परम्परा युगौ देखि विकाश र विस्तार भएर अहिले सम्म केही मुलरुपमै र केही परिवर्तित रुपमा हामी सामु विद्यमान छ । यद्दपी आजको भूमण्डलीकरणको कारण रैथाने मुलुकमै रहेर आफ्ना यी तमाम संस्कार, संस्कृति, भाषा, चाडपर्व मनाउन सबैलाई संभव नदेखिनु स्वाभाविक हो । अतः यस परिस्थितिलाई मध्यनजर राख्दै आज तमाम विदेशिएका नेपालीहरुले आफ्नै जन्मभुमिको कला, संस्कृति, चाडपर्व, मेला, भेषभुषालाई संरक्षण गर्ने हेतुले विभिन्न तवरबाट सकृय रहेको पाईन्छ ।
यसै सन्दर्भलाई आत्मसात गर्दै “ बाग्लुङ् देखि सात समुन्द्रपारी अमेरिका आएर बसेका बाग्लुङ्गवासीको विशेष सकृयतामा बाग्लुङ्को मौलिक पर्व/मेला “चैते दशै” लाई यस बर्ष देखि अमेरिकाको मेरिल्याण्ड राज्यको बाल्टिमोरमा धुमधामका साथ मनाउने निर्णय गरेर यही अप्रिल १७ तारिक आईतवारका दिन “चैते दशै मेला तथा नयाँ बर्षको शुभकामना आदानप्रदान कार्यक्रम आयोजना गरिएकोले” सम्पुर्ण मेरिल्याण्डवासी एवं पायक पर्ने अन्य छिमेकी राज्यका सम्पुर्ण नेपालीजनलाई कार्यक्रममा सहभागी भई आपसमा शुभकामना आदानप्रदान, आपसी भाईचारा एवं आत्मियतालाई मजबुत बनाउँदै मेलाको मनोरंजन लिनु हुन र खासगरि अमेरिकामा हुर्कदै, बढ्दै, पढ्दै गरेका नयाँ पिढीका तपाई हाम्रा नानीबाबुहरुलाई हाम्रो नेपाली पहिचान के रहेछ र हाम्रो मुल जरो के रहेछ अभगत गराउन एव् भावी पिढीमा समेत यसलाई जीवन्त राख्ने कार्यमा योगदान पुराउन समेत सपरिवार बालबालिका सँगै उपस्थित हुन हार्दिक अपिल गर्दछौ ।
कार्यक्रम देहाय बमोजिम हुनेछ !
प्रकाश श्रेष्ठको फेसबुकबाट