Logo

मंगलवार, श्रावण २६ गते २०८३   |   2026 August 11

images

images

बाग्लुगंको चैते दशैं मेलाको झल्को अमेरिकामा

बाग्लुगंको चैते दशैं मेलाको झल्को अमेरिकामा

सतीश चापागाईं

६, बैशाख २०७९
images
बाग्लुगंको चैते दशैं मेलाको झल्को अमेरिकामा

 

बाग्लुगं समाज अमेरिकाको चैते दशैं मेला मेरिल्याण्डको बाल्टिमोरमा भव्य रुपमा सम्पन्न भएको स्थानीय गन पाउडरपार्कमा भएको मेलामा झण्डै एक हजार नेपाली सहभागी भएको आयोजकको विश्वास

कार्यक्रमका अधिकांश सहभागीहरुले बाग्लुगंको चैते दशैं मेलाको झल्को मेट्न पाएको प्रतिक्रिया दिए।

6A31C863-385A-499C-99AC-DB1808D053A6.jpeg

कार्यक्रम भव्य रुपमा सम्पन्न भयो मेरिल्याण्डको नेपाली समुदायको सहयोग बाग्लुगं समाजका सदस्यहरुकोसक्रियताबाट यो सम्भव भएको हो समाजका अध्यक्ष विपिन श्रेष्ठले भन्नुभयो।

    मेरिल्याण्ड राज्य अमेरिकाको बाल्टिमोरमा पहिलो पटकबाग्लुङ समाज अमेरिका मेरिल्याण्डको आयोजनामा भव्यरुपमा वृहत जनसागरको उपस्थितीमा चैते दशै एवं नेपाली नयाँ बर्षको शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भएकोप्रकाश श्रेष्ठले आफ्नो फेसबुकमा लेख्नु भएको छ।

     कार्यक्रममा उचित व्यवस्थापन भएकाले सहभागी सबैलाई भरपुर खानपानको व्यवस्था रहनु साथै पञ्चेबाजा, लोकसंस्कृतिक गीतहरुको प्रस्तुतिमा सहभागीहरुले भरपुर मनोरंजन लिएका थिए त्यस्तै युवाहरुको आकर्षक खेलभलिवल एवं ठेलो फाल्ने प्रतियोगिता संचालन हुनु आकर्षण पुरस्कार सहितको राफल चिट्टा खेलाईएको थियो

बाग्लुङ कालिका भगवती मन्दिरको झल्को मेटाउने ब्यानरमा भगवतीको फ़ोटो थापना गरेर पुजा आजा गरिएकोआकर्षक झलकले साच्चै बाग्लुङ नै पो छौ की जस्तो आभास भईरहेको अनुभूति भएको थियो प्रकाश श्रेष्ठ भन्नुहुन्छ


D022631F-97B9-435C-AEFD-404990656E22.jpeg

       बालबालिका, युवाहरु, वयस्कहरु, वृद्ध बुवाआमाहरु समेत -आफ्नै ढंगबाट यस कार्यक्रमको आनन्द एवं मनोरंजनलिईरहेको अनुभव हामी सबैले गर्न सक्ने माहोल देखिन्थ्यो विभिन्न संघसंस्थाका प्रतिनिधित्व गर्ने व्यक्तित्वहरु, कलाकारहरु, पत्रकारहरु, समाजसेवीहरु मेरिल्याण्ड बाहेक अन्य राज्यका बाग्लुङवासी लगायत अन्य जिल्लावासीहरुको समेत ठुलो संख्यामा उपस्थिती रहेको थियो भर्जिनिया, न्युयोर्क, न्युजर्सी, वासिंटनदेखि समेत कार्यक्रममा सहभागी हुन महानुभावहरु आउनु भएको देखिन्थ्यो लामो समयको खु्ल्ला रुपमा भेटघाट हुने पहिलो बनभोजकार्यक्रम भएर पनि होला, आयोजकले अपेक्षा गरे भन्दा बढि जनसमुदाय/ जनमानसहरुको उपस्थिति रहेको थियो

    

  समाजका महासचिव नीर थापाले संचालन गर्नु भएको थियो छोटो औपचारिक कार्यक्रममा भाषण गरिएको थिएन समाजका अध्यक्ष विपिन श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रमको प्रमुख अतिथी नेपाल सरकारका अवैतनिक महावाणिज्यदुत प्रेमराजा महतले बाग्लुङ भगवती मन्दिरको प्रतिबिम्ब सजाएर राखिएको देविको तस्वीर अगाडी पानसमा दिप प्रज्वलन गरेर गर्नु भएको थियो साथै यस समाजका सल्लाहकार एवं समाजसेवी टंक कुँवरले उपस्थित सबैलाईस्वागत गर्दै छोटो मन्तव्य दिनु भएको थियो भने महावाणिज्यदुत प्रेमराजा महतले विभिन्न खेल प्रतियोगीताका विजयीहरुलाई पुरस्कार बितरण गर्नु भएको थियो

9600A088-A794-43AF-B3EC-4B55F1070C32.jpeg

      छोटो समयको तयारीमा पहिलो पटक ठुलो जनसागरको उपस्थितीमा एउटा ऐतिहासिक मेलाबाग्लुङे चैते दशै मेलालाई स्मरण गराउने यो मेला आउँदा दिनमा अझै परम्परागत एवं धुमधामका साथ थप परिमार्जित तवरबाट आयोजना गर्न आयोजकबाट अवस्य पहल हुनेछ भन्ने कामना सर्वसाधरण उपस्थित व्यक्तिहरुबाट सुन्नमा आएकोलेबाग्लुङ समाजअमेरिका मेरिल्याण्डलेआउँदो बर्षको मेलामा अवस्य ध्यान पुराउने विश्वास प्रकाश श्रेष्ठको

 

images
प्रकाशित मिति :बैशाख ६, २०७९ मंगलवार - १६:२०:५३ बजे

सतीश चापागाईं

Copyright © All right reserved to Nepalses Diaspora Site By: SobizTrend