Logo

मंगलवार, श्रावण २६ गते २०८३   |   2026 August 11

images

images

एनआरएनए मेरिल्याण्ड र साथी बाल्टिमोरको पहलमा बाल्टिमोरमा क्रिकेट मैदान बन्ने, काउन्टीबाट अनुदान प्राप्त

एनआरएनए मेरिल्याण्ड र साथी बाल्टिमोरको पहलमा बाल्टिमोरमा क्रिकेट मैदान बन्ने, काउन्टीबाट अनुदान प्राप्त

सतीश चापागाईं

७, बैशाख २०७९
images
एनआरएनए मेरिल्याण्ड र साथी बाल्टिमोरको पहलमा बाल्टिमोरमा क्रिकेट मैदान बन्ने, काउन्टीबाट अनुदान प्राप्त

नेपाली युवाहरुको पहलमा अमेरिकाको मेरिल्याण्ड राज्यको बाल्टिमोरमा क्रिकेट मैदान बन्ने भएको छ। यसका लागि बाल्टिमोर काउन्टीले यो बर्ष साढे दुई लाख डलर बजेट बिनियोजन गरेको छ। यो खबरसंगै यहाँको नेपाली समुदायमा खुशीयाली छाएको छ ।

बाल्टिमोर काउन्टी कार्यकारीले आर्थिक बर्ष २०२३ को लागि कुल ४ दशमलव ८ बिलियन अमेरिकी डलरको बजेट पेश गर्दा २ लाख ५० हजार डलर क्रिकेट मैदान निर्माणका लागि छुट्याइएको बताएको छ । काउन्टी कार्यकारीको कार्यालयले क्रिकेट मैदान निर्माणका लागी पहल गरिरहेका दुई संस्था एनआरएनए मेरिल्याण्ड च्याप्टरका अध्यक्ष राजु पराजुली र साथी बाल्टिमोरका संयोजक रमेश भट्ट नेपाली छोरोलाई बोलाएर यो जानकारी दिएको हो।

बाल्टिमोरमा क्रिकेट मैदान निर्माणका लागि साथी बाल्टिमोर र एनआरएनए मेरिल्याण्ड च्याप्टरले काम गरिरहेको छ । क्रिकेट मैदानको डिजाईनका लागि काउन्टीले पहिलो चरणमा यो रकम बिनियोजन गरेको एनआरएनए मेरिल्याण्ड च्याप्टरका अध्यक्ष राजु पराजुलीले बताउनु भयो ।

1.jpg


"साथी बाल्टिमोरले २०२१ मा पहिलो संस्करणको साथी कप क्रिकेट प्रतियोगिता बाल्टिमोरमा आयोजना गरेको बेला बाल्टिमोरमा एउटा पनि क्रिकेट मैदान भेटिएन। हामीले एलिकट सिटीको मैदानमा पुगेर खेल संचालन गर्नुपर्यो। खेलको उद्घाटन गर्न आएका स्थानीय जनप्रतिनिधि र सामाजिक ब्यक्तित्वलाई हामीले यो जानकारी गरायौं।" रमेश भट्टले भन्नुभयो।

"सोहि कार्यक्रममा अतिथिका रुपमा सहभागी एनआरएनए मेरिल्याण्ड च्याप्टरका अध्यक्ष चासो लिदै बम्बे नाईट्स रेस्टुरेन्टमा काउन्टी एक्जुकेटिभ जोनी ओसंग बैठकको अवसर सिर्जना गर्नुभयो। सोहि मिटिंगमा साथी बाल्टिमोरले काउन्टी एक्जुकेटिभ जोनी ओलाई क्रिकेट मैदानको लागि पहल गरिदिन अनुरोध गरेको थियो।" साथी बाल्टिमोरका रमेश भट्टले अगाडी थप्नु भयो, "उक्त कार्यक्रममा म र उत्सव सिग्देलले एउटा प्रपोजल काउन्टी एक्जुकेटिभलाई बुझाएका थियौं।"

"साथी बाल्टिमोरका साथीहरुको क्रिकेट फिल्ड आवश्यकताका बारेमा गर्नु भएको चासो मैले नजिकबाट महशुश गरें। काउन्टी एक्जुकेटिभसंग मेरो व्यक्तिगत चिनजानलाई नेपाली समुदायको हीतको लागि काम गरौँ भनेर एनआरएनएको आयोजनामा साथि बाल्टिमोर र समुदायमा सक्रिय संघ संस्था र ब्यक्तिहरुसंग अन्तरक्रिया कार्यक्रम गराउन सफल भएँ। सोहि अन्तरक्रियामा पेश गरिएको प्रपोजलले २ लाख ५० हजार सहयोग पाउँदा अत्यन्त हर्षित छु।" राजु पराजुलीले बिगत सम्झनु भयो।

"एनआरएनएको उद्देश्य स्थानीय संघ संस्थाका उद्देश्य र आवश्यकतामा सहयोग र सहकार्य गर्नु हो। यो कार्य त्यसैको ज्वलन्त उदाहरण हो।" पराजुलीले भन्नुभयो, "यो शुरुवात मात्र हो। क्रिकेट मैदान सम्पन्न नहुदासम्म हामि साथी बाल्टिमोरसंग संगै हुनेछौं।"

3.jpg

साथी बाल्टिमोरका अध्यक्ष रमेश भट्ट नेपाली छोरोले काउन्टीले नेपाली समुदायलाई पत्याउनुले ठूलो महत्व राख्दछ भन्दै समुदाय मिलेको खण्डमा यस्ता अरु धेरै कामहरु गर्न सकिने बताउनु भयो ।

साथि बाल्टिमोरले यो सहयोग प्राप्त गर्नुमा काउन्टी काउन्सिल मेन डेविड मार्क्सले पनि सहयोग गरेकोमा धन्यवाद ब्यक्त गरेको छ।

अब यो रकमले बाल्टिमोरको क्लोभेरल्याण्ड पार्कमा क्रिकेट मैदानको काम अगाडी बढ्ने भएको छ । सो स्थानमा क्रिकेट मैदान निर्माण भएको खण्डमा भविष्यमा राम्रो प्रतियोगिता पनि आयोजना गर्न सकिने विश्वास गरिएको छ ।

2.jpg


4.jpg


5.jpg

(नेप्लिज डायस्पोरा डटकम प्रवासमा रहेका नेपालीको कथा र व्यथामा आधारित अनलाइन हो । पसिना र सपना यसको मुख्य नारा हो । परदेशमा रहेर घरदेशको चिन्तासंगै परदेश मै आफ्नो जीवनचर्याका दैनिकी हाम्रा प्राथमिकता हुन् । तपाईसंग पनि केहि समाचार, विचार र रचनाहरु छन् भने [email protected] मा पठाउनु होला।)

images
प्रकाशित मिति :बैशाख ७, २०७९ बुधवार - ०५:२५:२५ बजे

सतीश चापागाईं

Copyright © All right reserved to Nepalses Diaspora Site By: SobizTrend