Logo

मंगलवार, श्रावण २६ गते २०८३   |   2026 August 11

images

images

क्यालिफोर्नियाको नेप्लिज वेलफेयर सोसाइटीद्वारा बनभोज कार्यक्रम सम्पन्न

क्यालिफोर्नियाको नेप्लिज वेलफेयर सोसाइटीद्वारा बनभोज कार्यक्रम सम्पन्न

सतीश चापागाईं

९, बैशाख २०७९
images
क्यालिफोर्नियाको नेप्लिज वेलफेयर सोसाइटीद्वारा बनभोज कार्यक्रम सम्पन्न

क्यालिफोर्निया। नेपाली नयां बर्ष-२०७९ को उपलक्ष्यमा क्यालिफोर्नियाको नेप्लिज वेलफेयर सोसाइटीले सामुहिक बनभोज कार्यक्रम सम्पन्न गरेको छ ।

क्यालिफोर्निया राज्यको दक्षिणमा रहेको  Inland Empire लगायत आसपासका क्षेत्रमा नेपाली समुदायको उपस्थिति बृद्धि  हुने क्रम जारी रहेको र यस क्षेत्रको नेपालीहरलाई संगठित गर्दै एक आपसमा भेटघाट तथा विभिन्न सामुदायिक कृयाकलापहरुका गर्दै वनभोज सम्पन्न भयो ।

साथै नेपाली  सांस्कृतिक पहिचानलाई जीवन्त राख्ने उद्देश्यले यही अप्रिल १७ आईतबारको दिन स्थानीय नेपाली दाजुभाईहरुको पहलमा समाजसेवी  शुशील चौलागाईको नेतृत्वमा  Nepalese Welfare Society, Inland Empire को विधिवत स्थापना भएको छ।

साथै यस संस्थाले औपचारिक रुपमा आफ्ना गतिविधीहरु संचालन गर्ने क्रममा आईतवार विविध मनोरञ्नात्मक कार्यक्रमहरु सहित स्थानीय  जनसमुदायको उपस्थितीमा भब्य  बनभोज कार्यक्रम सम्पन्न गरेको छ ।

उक्त कार्यक्रमको प्रमुख अतिथि नेपाल सरकारका तर्फबाट अबैतानिक  महावाणिज्यदुत लस एन्जलस  निवासी ऋषि ढकालले  संस्थाको उध्येश्य प्राप्तिको लागि शुभकामना व्यक्त गर्दै संस्थाको दिगोपनमा जिम्मेवार भएर लाग्न सवैमा हौसला मिलोस् भन्ने शुभेच्छा राख्दै आफ्नो सहयोग रहने प्रतिवद्धता ब्यक्त गरेका गर्नु भयो ।

यसै गरी  NRNA, NCC USA क्यालिफोर्निया च्याप्टरका अध्यक्ष एकदेव शर्माले कार्यक्रमको सहजिकरण गर्नुको साथै यस संस्थालाई परिणाममुखी बनाउन आफ्नो तर्फवाट आवश्यक पहल गर्ने प्रतिवद्धता समेत दोहोर्याउनु भयो ।

यसै गरी उक्त कार्यक्रममा पशुपतिनाथ फाउण्डेसनका उपाध्यक्ष एंव नेवा: अर्गनाईजेशन अफ साउदर्न क्यालिफोर्नियाका अध्यक्ष बिमल श्रेष्ठ,महासचिव रामेश्वर भण्डारी लगायत अन्य पदाधिकारीहरु, एनआरएन युएसएका बोर्ड अफ डाईरेक्टर तथा गुरुङ सोसाइटी अफ लस एन्जलसका  अध्यक्ष ज्ञानेन्द्र  गुरुङ, एनआरएन युएसएका क्यालिफोर्निया च्याप्टरका सल्लाहकार रामचन्द्र लामिछाने, एनआरएन युएसएका क्यालिफोर्निया च्याप्टरका पदाधिकारीहरु तथा एनआरएन अभियानताहरु लगायत थुप्रै सामुदायिक सदस्यहरुको बाक्लो उपस्थिति रहेको जानकारी संस्थाका कोषाध्यक्ष दीप शंकर सुबेदीले जानकारी गराउनुभएको छ ।

सो अवसरमा एग हन्ट, घैंटो फुटाउने जस्ता खेलहरुमा बालबालिकाहरु निक्कै  रमाएका देखिन्थे भने पाका र बयस्कहरुले सकृयरुपमा हौसला बढाइरहेका थिए । कार्यक्रमको अर्को आकर्षण $७५ देखी $३०० सम्म नगद पुरस्कार प्रदान गरिएको विंगो खेल पनि थियो।      

संस्थाका अध्यक्ष शुशील चौगाईले इन्गलैंड इम्पायर क्षेत्रमा बसोबास गर्नुहुने सबै नेपाली मिलेर हाम्रो नेपाली भाषा, कला तथा संस्कृतिलाई चलायमान राख्न यस केन्द्रको स्थापना  गरेको साथै उक्त कार्यहरुलाई निरन्तरता दिन आफ्नै जमिन तथा भवनको अत्यावश्यक रहेको र सोको श्रोत व्यवस्थापन गर्नको लागि सहयोग संकलन कार्य शुरु भईसकेको बताउनुभयो ।

सो कार्यलाई पूर्णता दिन सो क्षेत्रभित्र तथा बाहिर बसोवास गर्नुहुने सम्पूर्ण नेपालीहरुलाई आह्वान गर्दै   यसका लागि सबैले  सकेको ब्यक्तिगत तथा संस्थागत तर्फबाट यथोचित सर-सहयोग गरिदिन हुन समेत आग्रह गर्दै  उपस्थित सवैमा धन्यवाद व्यक्त गर्नुभयो ।

images
प्रकाशित मिति :बैशाख ९, २०७९ शुक्रवार - २०:३०:२७ बजे

सतीश चापागाईं

Copyright © All right reserved to Nepalses Diaspora Site By: SobizTrend