बोष्टन । अमेरिकाको बोष्टनमा एक नेपाली युवाको १२ तला माथीबाट खसेर निधन भएको छ।
उनी म्यासाच्युसेटस राज्यको बोस्टनमा बस्ने चितवन घर भएका नेपाली युवा करिव ३५ वर्षिय दीपक नेपाल भएको पुष्टिभएको छ ।
काम गर्ने ठाँउमा १२ औं तलाबाट खसेर निधन भएको जनाइएको छ । बुधवार दिउसो साढे एक बजे तिर घटना भएको बुझिएको छ । कार्कीका अनुसार दीपकलेक्यामरिज सिटीको हाउजिङ डिपार्मेन्टमा काम गर्नु हुन्थ्यो ।
दीपकको नेपाल घर इच्छाकामना ३ तुम्लिङटार चितवनका हो । उनी डिभि परेर सन् २०१२ मा अमेरिका आउनु भएको थियो ।दीपकको श्रीमती तथा पाँच र दुई वर्षका गरि दुई छोरीहरु हुनुहुन्छ । दीपकका आमा बुबा पनि बोस्टनमा सँगै बस्दै आउनु भएको छ ।
यसै बीच एनआरएनए अमेरिका म्यासाच्युसेटस च्याप्टरले दीपकको निधनमा दुख व्यक्त गरेको छ।
दीपकको परिवारलाई सहयोग गर्न भनेर गो फण्ड पनि खोलिएको छ ।