Logo

सोमवार, श्रावण २५ गते २०८३   |   2026 August 10

images

images

ह्यारी भण्डारी दोस्रो कार्यकालका लागि पार्टीबाट सर्बसम्मत

ह्यारी भण्डारी दोस्रो कार्यकालका लागि पार्टीबाट सर्बसम्मत

सतीश चापागाईं

११, बैशाख २०७९
images
ह्यारी भण्डारी दोस्रो कार्यकालका लागि पार्टीबाट सर्बसम्मत

 

अमेरिकाको बिधायक बन्ने पहिलो नेपाली ह्यारी भण्डारी दोस्रो कार्यकालका लागि आफ्नो पार्टीबाट सर्बसम्मत उमेद्वार बनेका छन्। भण्डारी आफैले यो कुराको जानकारी दिएका हुन्।

अमेरिकामा जनप्रतिनिधि बन्न चाहनेले आफ्नै पार्टी भित्रको निर्वाचन जितेर जानुपर्ने नियम छ। पार्टीको चुनाव पनि यहाको सरकारी निकाय 'निर्वाचन समिति' ले नै गर्छ। जसलाई प्राइमरी भनिन्छ। पार्टीबाट सर्बसम्मत भएपछी भण्डारीले यो पटक प्राइमरीमा चुनाव लड्नु परेन। उनि अब सिधै रिपब्लिकन उमेद्वारहरुसंग चुनाव लड्ने छन्।

डेलिगेटका रुपमा बिगत चार बर्षमा राम्रो काम गरेको भन्दै पार्टीका साथीहरुले सर्बसम्मत बनाएको भण्डारीको विश्वास छ।

"अब जुलाई १९ मा हुने डेमोक्रेटिक प्राइमरी एक औपचारिकता मात्र हुनेछ भने अब मैले नोभेम्बर ८ मा हुने जनरल इलेक्सनका लागि ध्यान केन्द्रित गरेर अगाडि बढ्न पाउँने भएको छु।" भण्डारीले नेप्लिज डायस्पोरासंग भने।

ह्यारी भण्डारीले जारी गरेको बिज्ञप्ति

अनअपोज्ड’ भैयो प्राइमरीमा
हामी सबैलाई बधाइ अनि शुभकामना !
अब तयारी जनरल इलेक्सनको, अपेक्षा गर्दछु सबैको साथ, सहयोग र सद्भावको ।
--------------
मेरिल्याण्ड राज्यको डिस्ट्रिक्ट ८ को विधायकमा दोस्रो कार्यकालका लागि मैले राखेको उम्मेद्वारीको आकांक्षा डेमोक्रेटिक पार्टीले अनअपोज्ड स्थितिमा अनुमोदन गरेको खुशीको खबर यहाँहरूसमक्ष बाँड्न चाहन्छु। मलाई
चुनौति दिइरहनुभएकी एनेल म्याक्कोलिमले उम्मेद्वारी फिर्ता लिएर अनअपोज्डस्थिति सिर्जना गरिदिनु भएको हो। यसका लागि म म्याक्कोलिन र यसक्षेत्रबाट उम्मेद्वार हुने अधिकार भएर पनि मलाई अनअपोज्ड छोडिदिने हजारौ
रजिस्टर्ड डेमोक्रेट मित्रहरूलाई हृदयदेखि नै धन्यवाद दिन चाहन्छु।
मैले यसलाई लामो समयदेखि यस क्षेत्रका आदरणीय मतदाताका लागि गरेको काम र पार्टीलाई अगाडि बढाउन निष्ठापूर्वक गरेको प्रयत्न तथा पार्टी नेतृत्वले
मप्रति गरेको विश्वासको अनुमोदनको रूपमा लिएको छु। यो स्थितिमा अब जुलाई १९ मा हुने डेमोक्रेटिक प्राइमरी एक औपचारिकता मात्र हुनेछ भने अब मैले नोभेम्बर ८ मा हुने जनरल इलेक्सनका लागि ध्यान केन्द्रित गरेर अगाडि बढ्न पाउँने भएको छु।
यसपटकको चुनावमा प्राइमरीमा मलाई राहत मिले पनि जनरल इलेक्सन मूलत: दुई कारणले अत्यन्तै प्रतिस्पर्धी बन्न पुगेको छ। पहिलो, मेरो निर्वाचन क्षेत्र रिम्यापिङ भएर ५ प्रिसिङ्ट डिस्ट्रिक्ट ७ मा परेका छन् भने डिस्ट्रिक्ट ६
का ५ प्रिसिङ्ट मेरो क्षेत्रमा आएका छन्। यसरी आएका प्रिसिङ्टहरू मेरा लागि नयाँ छन् र अझै पनि यिनीहरुको डेमोग्राफिक चित्र प्रष्ट भैसकेको छैन। दोस्रो, मेरो प्रतिस्पर्धीका रूपमा रिपब्लिकन पार्टीले बाल्टीमोर काउन्टी रिपब्लिकन पार्टीकी अध्यक्ष क्याथिलन स्मेरोलाई मैदानमा उतारेको छ।
म यी दुबै कुरालाई ध्यानमा राख्दै मेरो निर्वाचन क्षेत्रको वस्तुगत स्थितिलाई समेत केन्द्रमा राखेर आफ्नो चुनावी अभियानलाई अगाडि बढाउने छु। म आफूले विगत चार वर्षमा गरेका काम र यस्तै काम गर्ने प्रतिवद्धता लिएर मतदातामाझ जानेछु ।
मेरिल्याण्डको डिस्ट्रिक्ट ८ मा हुने भए पनि यो निर्वाचन अमेरिका भरिकै नेपाली सुमदायको प्रतिष्ठाको चुनाव हुनेछ।
अहिलेका लागि मेरो जीत अमेरिकामा नेपालीकै जीत हो र यो जीत जोगाउन सकियो भने अन्य ठाउँमा पनि यो दोहोर्याउन सकिन्छ भन्ने विश्वास जगाउने अवसर पनि हो। त्यसैले मेरो यस उम्मेद्वारीलाई अमेरिका भरिकै नेपाली समुदायको प्रतिनिधिमुलक उम्मेद्वारीको रूपमा लिएर नैतिक, भौतिक, भावनात्मक सबै खालको सद्भावपूर्ण साथ र सहयोगका लागि सादर अनुरोध गर्दछु।
सधैंझै यसपटक पनि यहाँहरू सबैको साथ, सहयोग र सद्भावको हार्दिक अपेक्षा राखेको छु।
यहाँहरू सबैको आशीर्वाद र सद्भावको अपेक्षासहित,
डेलिगेट ह्यारी (एच.बी.) भण्डारी, पीएचडी
सदस्य, मेरिल्याण्ड हाउस अफ एसेम्बेली, डिस्ट्रिक्ट ८

(नेप्लिज डायस्पोरा डटकम प्रवासमा रहेका नेपालीको कथा र व्यथामा आधारित अनलाइन हो । पसिना र सपना यसको मुख्य नारा हो । परदेशमा रहेर घरदेशको चिन्तासंगै परदेश मै आफ्नो जीवनचर्याका दैनिकी हाम्रा प्राथमिकता हुन् । तपाईसंग पनि केहि समाचार, विचार र रचनाहरु छन् भने [email protected] मा पठाउनु होला।)

images
प्रकाशित मिति :बैशाख ११, २०७९ आइतवार - १९:१६:२३ बजे

सतीश चापागाईं

Copyright © All right reserved to Nepalses Diaspora Site By: SobizTrend