गायक प्रकाश सपुतको अमेरिकाका कार्यक्रमहरु एकपछि अर्को भब्य सफल हुँदै गरेका छन्। न्यु योर्कको भब्य सफलतापछी प्रकाशको भर्जिनियामा भएको कार्यक्रमलाई दर्शकहरुले रुचाएका थिए।
भर्जिनियामा झन्डै दुई सय जना दर्शक टिकट नपाएर फर्केको दिलिप श्रेष्ठले बताए। उनले भने "बाल्टिमोरमा पनि सिट सिमित छ, ईच्छुक दर्शकले समय मै टिकट लिनु होला।" टिकट अन्लाईनमा पनि काट्न पाइने दिलिपले जानकारी दिए। टिकट लिंक
बाल्टिमोरको कार्यक्रमका लागी तयारी जोडतोडका साथ भईरहेको दिनेश गुरुङ 'डिजे डी' ले बताए।
बाल्टिमोरको कार्यक्रमको जिम्मा 'नाम्लो इभेन्ट्स' ले लिएको छ। 'प्रकाश सपुत लाइभ इन बाल्टिमोर' कार्यक्रम ऐतिहासिक हुनेछ। 'साउण्ड र लाइट मात्र होइन ब्यबस्थापनका लागि पनि हामीले धेरै ध्यान दिएका छौं।" नाम्लोका विक्रान्त श्रेष्ठले नेप्लिज डायस्पोरासंग भने।