Logo

सोमवार, श्रावण २५ गते २०८३   |   2026 August 10

images

images

युनाइटेड किरात राई अर्गानाइजेसन अफ अमेरिका न्युयोर्कको अध्यक्षमा ममता राई

युनाइटेड किरात राई अर्गानाइजेसन अफ अमेरिका न्युयोर्कको अध्यक्षमा ममता राई

सतीश चापागाईं

१४, बैशाख २०७९
images
युनाइटेड किरात राई अर्गानाइजेसन अफ अमेरिका न्युयोर्कको अध्यक्षमा ममता राई

 

शान्तिराज राई, एप्रिल २४ न्युयोर्क

युनाइटेड किरात राई अर्गानाइजेसन अफ अमेरिकाको न्युयोर्क च्याप्टरको छैठौ अधिवेशन सम्पन्न भएको छ । न्युयोर्कको जयाक्सन हाइट अवस्थित घ्याल सुम्दोको केन्द्रीय हलमा आयोजित अधिवेशनको प्रमुख अतिथीमा केंद्रका अध्यक्ष मुना राई विशेष अतिथी केन्द्रीय कोषध्याक्ष नवीनकला राई अतिथि केन्द्रीय सदस्य शुखराज राई रहेका थिए । अधिवेशनले सर्बसम्मतमा ममता राईको अध्यक्षतामा १९ सदस्यीय कार्यसमिती निर्विरोध निर्वाचित गरेको छ । सर्वसम्मत चुनिएका पधाधिकारिलाई सस्थाका केन्द्रीय अध्यक्ष केन्द्रीय कोषध्याक्ष र निवर्तामान अध्यक्ष केशबराम राईले निर्वाचित कार्यसमितीलाई खादा लगाएर बधाई दिएका थिए।

पत्रकार तथा कलाकार शान्तिराज राई र नाछुंग पदम राईको ऊपस्थिति रहेको कार्यक्रममा मुना राई, नविन कला राई र सुखराज राई निर्वाचन आयुक्त रहेको निर्वाचन समितिले निर्विरोध नया कार्यसमिति चयन गरेको हो ।

संस्थाका हालका महासचिव सुसना राईले संचालन गरेको कार्यक्रममा विभिन्न रुपले दिवंगत हुनुभएका सस्थाका सदस्य तथा अन्य राईहरूको समबेदना स्वरुप १ मिनेट मौनधारण गरिएको थियो ।

 

कार्यसमिति यसप्रकार रहेको छ :
अध्यक्ष- ममता राई
वरिष्ठ उपाध्यक्ष- वसन्ती राई
उपाध्यक्ष – कृष्ण पि. राई
महासचिव- सुसना राई
सचिव- सेलिना राई
कोषाध्यक्ष- तेशु राज राई
सह कोषाध्यक्ष- जानकि राई
कल्चर कोर्डिनेटर - रोशन राई
वोर्ड सदस्य – बिपन राई
वोर्ड सदस्य- संगम राई
वोर्ड सदस्य- बिबेक राई
वोर्ड सदस्य- बिकाश राई
वोर्ड सदस् य- शौरभ राई
वोर्ड सदस्य - शान्ता राई
वोर्ड सदस्य - मैया देवि राई
वोर्ड सदस्य - सुदिप राई
वोर्ड सदस्य - इंदिरा राई
वोर्ड सदस्य - युदिर राई
वोर्ड सदस्य - नाराण राई

images
प्रकाशित मिति :बैशाख १४, २०७९ बुधवार - १८:०७:५४ बजे

सतीश चापागाईं

Copyright © All right reserved to Nepalses Diaspora Site By: SobizTrend