Logo

सोमवार, श्रावण २५ गते २०८३   |   2026 August 10

images

images

धिरजप्रताप सिंह प्रहरी महानिरीक्षक (आईजीपी)मा नियुक्त

धिरजप्रताप सिंह प्रहरी महानिरीक्षक (आईजीपी)मा नियुक्त

सतीश चापागाईं

१८, बैशाख २०७९
images
धिरजप्रताप सिंह प्रहरी महानिरीक्षक (आईजीपी)मा नियुक्त

सरकारले धिरजप्रताप सिंहलाई २९ औं प्रहरी महानिरीक्षक (आईजीपी)मा नियुक्त गरेको छ । आइतबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटरमा बसेको बैठकले प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) सिंहलाई आईजीपीमा बढुवा गरेको हो ।

नेपाल प्रहरीका वर्तमान महानिरीक्षक शैलेश थापा क्षेत्री ३० वर्षे सेवा अवधि पुरा गरेर आइतबार मध्यरातबाट अवकाशमा जानु पूर्व सिंहलाई सरकारले बढुवा गरेको हो  । सिंह २०७७ असार २३ मा प्रहरी महानिरीक्षक नियुक्त भएका थिए ।

 

नेपाल प्रहरीको कमाण्ड समाल्न सिंहसँगै अरु ३ जना अतिरिक्त महानिरीक्षक (एआईजी) प्रतिस्पर्धामा थिए । २०४९ चैत ११ मा इन्स्पेक्टरमा भर्ना भएका विश्वराज पोखरेल, सहकुलबहादुर थापा र रबिन्द्रबहादुर धानुकलाई पछि पार्दै सिंह आईजीपीमा नियुक्त भएका हुन् । जसमध्ये पोखरेलको पनि बढुवा हुने सम्भावना थियो तर सिंहले बाजी मारे । य

आईजीपीमा नियुक्त सिंहले २०७९ वैशाख ३० को स्थानीय तहको निर्वाचन गराउने छन् । बरियताको तेस्रो नम्बरमा रहेका धिरजप्रताप सिंहले तत्कालीन अपराध महाशाखा हाल काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको कमाण्ड गरेका थिए ।

२०७५ साउन २१ मा ११ वर्षीय बालक निशान खड्काको अपहरणपछि हत्यामा संलग्न अजय तामाङ र गोपाल तामाङ प्रहरी इन्काउन्टरमा मारिएका थिए । त्यतिवेला धिरज सिंह महाशाखाको प्रमुख थिए । प्रहरी उपरीक्षक हुँदा सिंहले दाङ जिल्लाको कमाण्ड गरेका थिए । डीआईजी भएर सिंहले मधेश प्रदेश कार्यालय र केन्द्रीय अुनसन्धान व्यूरोको कमाण्ड गरेका छन् । 

images
प्रकाशित मिति :बैशाख १८, २०७९ आइतवार - १९:४५:५२ बजे

सतीश चापागाईं

Copyright © All right reserved to Nepalses Diaspora Site By: SobizTrend