Logo

सोमवार, श्रावण २५ गते २०८३   |   2026 August 10

images

images

इन्जाद्वारा विश्व प्रेस स्वतन्त्रता दिवसको अवसरमा शुभकामना

इन्जाद्वारा विश्व प्रेस स्वतन्त्रता दिवसको अवसरमा शुभकामना

सतीश चापागाईं

२०, बैशाख २०७९
images
इन्जाद्वारा विश्व प्रेस स्वतन्त्रता दिवसको अवसरमा शुभकामना

 

वाशिंगटन डिसी । विश्व प्रेस स्वतन्त्रता दिवसको अवसरमा नेपाली पत्रकारहरूको अन्तराष्ट्रिय संजाल इन्जाले संसारभरी छरिएर रहेका सञ्चारकर्मीहरु तथा प्रेस र अभिब्यक्ति स्वतन्त्रताप्रेमी सवैलाई शुभकामना ब्यक्त गरेको छ ।

विश्वमा सरकार प्रेस जगतप्रति अनुदार हुंदा एकातिर जनताको सूचना पाउने मौलिक हक कुन्ठित भैरहेको छ भने चौथो अंगको रुपमा रहेको संचारले निर्वाधरुपमा अभिब्यक्ति स्वतन्त्रता मार्फत समाजलाई योगदान दिन नसकेको हुंदा यतातर्फ ईन्जाले विश्वका सरकारहरुको ध्यानाकर्षण गराएको छ ।

युनेस्कोद्वारा मे २-५ सम्म दक्षिण अमेरिकाको उरुग्वेमा “पत्रकारिता डिजिटल घेराबन्धीमा” शीर्षक दिएर संचालन गरिरहेको विश्व प्रेस स्वतन्त्रता सम्मेलन २०२२ मा यस पटक इन्जाले पनि सक्रिय सहभागिता जनाइरहेको छ ।

सम्मेलनमा सहभागिता जनाइरहनु भएका इन्जा अध्यक्ष गुणराज लुइटेलका अनुसार यस पटक चार वटा महत्वपूर्ण सेसनबाट बदलिंदो डिजिटल युगको दवावले संचार र अभिब्यक्ति स्वतन्रतामा कस्तो असर पर्ला र प्रेसले कस्तो भूमिका खेल्नु पर्ला भन्ने विषयमा छलफल भै “पोल्टा डे एस्ते, उरुग्वे” घोषणापत्र जारी गर्ने छ ।

सरकारहरु जिम्मेदार नहुँदा सञ्चार जगतले जहिले पनि समस्या भोग्नुपरेको कुरा बताउँदै इन्जाले शुभकामना सन्देशमा अगाडि भनेको छ पत्रकारहरूको सुरक्षा र पेशागत हकहितको लागि सरकार, राजनीतिक पक्ष र समाजका हरेक क्षेत्रबाट सहयोग हुन जरुरी छ ।

पेशागत कामको शिलसिलामा हालसालै युक्रेन युद्धमा मारिएका पत्रकारहरु र संसारका विभिन्न भागमा अन्य विविध कारणले मारिएका संचारकर्मीप्रति हार्दिक श्रद्धान्जली ब्यक्त गर्दै इन्जाले पत्रकारहरुको सुरक्षामा ध्यान दिन सरोकारवालाहरुलाई कडा अनुरोध गरेको छ ।

साथै संचार जगतलाई पनि समाजमा मर्यादित र जिम्मेदार भएर भूमिका निर्वाह गर्न इन्जाले आग्रह गरेको छ ।

भवदीय,
गुणराज लुइटेल,
अध्यक्ष, नेपाली पत्रकारहरूको अन्तराष्ट्रिय संजाल, इन्जा
मितिः मे २ २०२२, अमेरिका।

images
प्रकाशित मिति :बैशाख २०, २०७९ मंगलवार - १०:४९:३६ बजे

सतीश चापागाईं

Copyright © All right reserved to Nepalses Diaspora Site By: SobizTrend