अमेरिकामा नेपाली सामानहरु खोज्दा खोज्दा हैरान हुनुहुन्छ भने अब त्यो हैरानी दुर भएको छ। मेरिल्याण्डको बाल्टिमोरमा प्राइम होलसेल पसल खुलेको छ। यहाँबाट तपाईले खोजेको सबै नेपाली प्रडक्टहरु बिक्रि हुन्छ। नुनदेखि सुनसम्मको बिक्रि वितरण भईरहेको छ।

दैनिक उपभोग्यका नेपाली वस्तुहरु यहाँ पाईन्छ। पसल छिर्ने बित्तिकै लाग्छ की तपाई नेपाल कै एक पसलमा हुनुहुन्छ। चन्द्र सुर्य अंकित नेपाली झण्डा पसलको बाहिरै देख्न सकिन्छ। जति भित्र पस्यो त्यति देश झल्किन्छ र गौरवको महशुश हुन्छ। ब्यबसाय गर्ने भएकोले यो एउटा पसल हो तर झट्ट हेर्दा यो एउटा नेपाली कला संस्कृति, भेषभुषा, हस्तकला र नेपाली स्वाद बोकेका सामानहरु राखिएको संग्राहलय जस्तो लाग्छ। यहाँ के पाईदैन होला ? तपाई नाम लिनुस ति सबै वस्तु यहाँ पाईन्छ। त्यो पनि अर्गानिक र ओरिजिनल ! नेपालमा बनेको र नेपालीले बनाएको!

यसको नाम हो 'प्राईम होलसेल'। यो पसल अनलाइनमा पनि छ। संसार भरबाट सपिङ्ग गर्न मिल्ने बन्दैछ तर अहिले यो अमेरिकामा विस्तार हुदैछ। मेरिल्याण्डको बाल्टिमोरमा मुख्य ठेगाना राखेर यसको सप्लाई चेनहरु खुल्दैछन्। नर्थ क्यारोलाइनामा यसको सप्लाई चेन शुरु भईसकेको छ। अरु स्टेटहरुमा सप्लाई चेन संचालन गर्न बिभिन्न स्तरमा काम र कुराकानी अगाडी बढिरहेको छ ।

त्यति मात्र होइन यदि तपाईले अनलाइन सपिङ्ग गर्न खोज्दै हुनुहुन्छ भने www.primeemarket.com मा गएर आफुलाई मन परेको सामान खरिद गर्न सक्नुहुनेछ। अहिलेलाई यो सेवा अमेरिकामा छ। विस्तारै संसारभरीबाट सेवा लिन सकिनेछ।
'प्राइम होलसेल' नेपाल र नेपालीलाई विस्तार गर्ने उद्देश्यले शुरु गर्नु भएको हो - युवा ब्यबसायी गणेश लामिछानेले। गोरखाबाट उज्वल भबिष्यको सपना बोकेर अमेरिका आएका लामिछाने छोटो अबधिमा सफल ब्यबसायी मात्र बन्नुभएन नेपालका मौलिक उत्पादनहरुलाई प्रबर्दन गर्ने पबित्र चाहना राखेर दिनरात सक्रिय हुनुहुन्छ।

"मानिसहरु मलाई ब्यबसाय गरेको भन्छन तर म एउटा अभियानमा छु" गणेश लामिछानेले नेप्लिज डायस्पोरासंगको कुराकानीमा भन्नुभयो।
हुनपनि लामिछाने अचेल यहाँका बिभिन्न साना ठुला कार्यक्रमहरुमा नेपाली सामानहरु लिएर टुप्लुक्क पुगेको देखिन्छ। त्यहाँ हुन्छन, मादल र सारंगी, नेपालको झन्डा र पाल्पाली ढाका ! त्यहाँ हुन्छन बुद्धका मूर्ति र हिन्दु देवी देवताका मूर्ति ! "हस्तकलाका सामग्रीहरु बाहिरको दुनियाँमा पठाउन सकियो भने हाम्रा मौलिकताको प्रबर्दन हुन्छ। " लामिछाने भन्नुहुन्छ।

"म त भन्छु बिदेशमा रहेका हरेक नेपालीले नेपालमा बनेका पांच वटा हस्तकलाका सामान आ-आफ्नो घरको भित्तामा राख्नुपर्छ। यसले गर्दा, यहाँ आफ्नो पन बोकेर बाँच्न पाईन्छ, उता नेपालको एउटा श्रमिकको घरमा पैसा पुग्छ। यता बिदेशिएको एउटा नेपाली खुशी ! उता स्वदेशको अर्को नेपालीलाई खुशी !" लामिछानेले भन्नुभयो। उहाँले थप्नुभयो, "सामान मेरो मै किन्नुपर्छ भन्ने छैन। जहाँबाट किन्नुस नेपाली किन्नुस।"
नेपाली श्रम र सिपले सुसज्जित आँखी झ्याल, करुवा र पानस अहिले पनि गणेशको प्राइम होलसेलमा मुसुक्क मुस्काउदै ग्राहकको प्रतिक्षामा छन्। जुम्लाको सिमिदेखी बिभिन्न प्रकारका नेपाली मरमसला यहाँ छन्। बिहे, ब्रतबन्ध र पूजाआजाका सामग्रीहरु छन्। महिलाका लागि गहना, चुरापोते छन।
"नेपालीहरु जहाँ भएपनि नेपालीपन, नेपाली स्वाद र नेपाली भेषभुषा अनि कला संस्कृतिसंग संगै जिउन सकुन भनेर हामीले परिकल्पना गरेका हौँ।" प्राईम होलसेलका प्रमुख संचालक गणेश लामिछानेले नेप्लिज डायस्पोरासंग भन्नुभयो।



