Logo

सोमवार, श्रावण २५ गते २०८३   |   2026 August 10

images

images

भगवान कोईराला क्यालिफोर्नियामा

भगवान कोईराला क्यालिफोर्नियामा

सतीश चापागाईं

२९, बैशाख २०७९
images
भगवान कोईराला क्यालिफोर्नियामा

डाक्टर भगवान कोईरालासंग अमेरिकाको क्यालिफोर्नियास्थित सान् फ्रान्सिस्कोको बे एरियामा अन्तरक्रिया कार्यक्रम हुने भएको छ । 

बे एरियाका सबै सामाजिक संस्थाहरुको आयोजनामा यो कार्यक्रम राखिएको बुझिएको छ ।

कार्यक्रममा डाक्टर कोईरालाले नेपालमा बालस्वास्थ्यको क्षेत्रमा गर्नु भएको परिकल्पनाका बारेमा व्यापक छलफल हुने सामाजिक व्यक्तित्व तथा ब्यवसायी हरिहर दाहालले नेप्लिज डायस्पोरासंगको कुराकानीमा बताउनु भयो । 

"लाखौंको मनमा भगवान भएर बसेका डा. भगवान कोईराला बे एरियाको आँगनमा मे १७ तारिक, मंगलबार बेलुका हामीसंग बिशेष अभियानका साथ आउदै हुनुहुन्छ। कर्म र ब्यबहारले मान्छेका मनमा सगरमाथा जत्तिकै अग्लिनु भएका भगवानलाई छुने र वहाँका कुरा सुन्ने यो पबित्र भेटघाटमा यहाँ सप्पैलाई स्वागत छ।" हरिहर दाहालले आफ्नो फेसबुकमा लेख्नुभएको छ । 

images
प्रकाशित मिति :बैशाख २९, २०७९ बिहिवार - २०:२२:५५ बजे

सतीश चापागाईं

Copyright © All right reserved to Nepalses Diaspora Site By: SobizTrend