पर्बत समाज अमेरिकाको पिकनिक भोली आईतबार मेरिल्याण्डको बाल्टिमोरमा हुदैछ ।
पिकनिकको भव्य तयारी भईरहेको समाजका महासचिव रमेश सुवेदीले बताउनु भयो।
"कार्यक्रमको तयारी अन्तिम चरणमा पुग्यो । हामी भोलीको दिन पर्खेर बसेका छौं ।" उपाध्यक्ष गोपालचन्द्र लामिछानेले भन्नुभयो ।
"हामी केही दिनदेखी ब्यवस्थापनको काममा सक्रिय छौं । आज पनि बिहानैदेखि यसैमा लागिएको छ ।" अध्यक्ष धन प्रसाद गुरुगंले भन्नुभयो ।
"म यहांका सबै नेपालीलाई आएर रमाईलो गर्नुहुन र खुशी साटासाट गर्नुहुन हार्दिक अनुरोध गर्दछु ।" अध्यक्ष गुरुगंले नेप्लिज डायस्पोरासंग भन्नुभयो ।
पर्बत समाजका अध्यक्षले जारी गरेको जानकारी यसप्रकार छ :
हामी नेपाली बिस्तार हुदै स्थाई तथा अस्थायी किसिमबाट विभिन्न मुलुकहरुमा बसोवास गर्ने क्रम दिन प्रतिदिन बढनुका साथ साथै बिभिन्न मध्यम मार्फत प्रदेशमा पनि मुलुककै झझल्को दिलाउने सकरात्म गतिबिधि हुनेगरेका हामीले महसुस गरिनै रहेकाछौ। त्यसै अन्तर्गत अमेरिकामा ग्रीष्मकालिन समयमा हुने '''ग्रीष्मकालिन बनभोज'' ( Summer Picnic) कार्यक्रमलाई अमेरिकामा बसोवास गर्ने नेपाली समुदायले महत्वपुर्ण भेटघाट ,मेलमिलापाका रुपमा लिदै आइरहेको देखिन्छ्। अमेरिकाको मेरिल्याड राज्यमा पर्वत समाज अमेरिकाले May 22 2022 आइतवारका दिन आयोजना गर्ने बृहत् '' ग्रीष्मकालिन बनभोज तथा मनोरञ्जन कार्यक्रममा पर्वत घर भैइ अमेरिकामा कर्मथलो/रहनुहुने पर्वते दाजुभाइ दिदिबहिनीहरुका साथै सम्पुर्ण नेपाली समुदायका दाजुभाइ दिदिबहिनी सामाजिक सघ सस्था लगायत सबैजन उपस्थित हुनु भैइ सुख दुःख सटासाट मनोरञ्जनको भरपुर हासिल गरी मैत्रीपुर्ण मेलमिलाप उत्सवको रुपमा मनाउनु हुन हार्दिक निमन्त्रण साथ अपिल गर्दछौ।
धन प्रसाद गुरुङ
अध्यक्ष
तथा, पर्वत समाज अमेरिका