लामो समयदेखिको सबैले खोज्दै आएको नेपालीको आफ्नै पार्टी हल बाल्टिमोरमा खुलेको छ ।
दुई यूवाहरुले यो आंट गरेको हुन । मेरिल्याण्डका दुई सफल व्यवसायीहरु सन्तोष पौडेल र ईन्द्र कटुवालले पार्टी हल संचालनमा ल्याएका हुन ।
केही महिना अघि खुलेको यो हलमा ठुला दुई कार्यक्रमहरु सहित झण्डै एक दर्जन साना ठुला कार्यक्रमहरु भईसकेको सन्तोष पौडेलले बताउनु भयो।
म्याग्दी समाजले गायिका आस्था राउतको सांगितिक कार्यक्रम यहि हलमा भव्यताका साथ सम्पन्न गर्यो ।
त्यस्तै, नेपालका चर्चित गायक प्रकाश सपुतको कार्यक्रम पनि भव्य रुपमा यहि हलमा सम्पन्न भइसकेको छ । नाम्लो ईभेन्टले उक्त कार्यक्रम गरेको थियो ।
यी दुबै कार्यक्रममा आएका दर्शकले हल राम्रो रहेको प्रतिक्रिया दिएको सन्तोष पौडेलले बताउनु भयो ।
"नेपाली समुदायको बाक्लो बसोबास रहेको एरियामा छौं । सबैजना उत्साही पनि हुनुहुन्छ । आएर हेरेका र थाहा पाएका सबैले अबको कार्यक्रम यो हलमा गर्ने हो भनेर जानुभएको छ ।" अर्का हल संचालक ईन्द्र कटुवालले भन्नुभयो । उहाले भन्नुभयो "सबैको साथ र सपोर्ट गर्नुहुनेछ भन्ने विश्वास गरेका छौं ।"
यो हलमा बेबी सावर र बर्थ डे पार्टीहरु भइसकेको छ र ती पार्टी गर्नेहरु अत्यन्त खुशी भएर गएको हल संचालक पौडेलको भनाई छ । बारको लाईसेन्स समेत भएको यो पार्टी हलमा सबै प्रकारका पार्टी, कार्यक्रम, जमघट, मिटिगंहरु गर्न सकिने पनि पौडेलले बताउनु भयो ।
बाल्टिमोरको ठुलो संस्था म्याग्दी समाज र लामो समयदेखि विभिन्न ईभेन्टहरु गर्दै आएको नाम्लोले विश्वास गरेर कार्यक्रम गर्नुले नै यो हलको महत्व प्रष्ट हुन्छ ।
सांगितिक कार्यक्रमका साथै विवाह, ब्रतबन्धका कार्यक्रम गर्न पनि यो हल उपयुक्त छ । चार सय मानिस अट्ने यो हल प्राय सबै किसिमका पार्टी र कार्यक्रम गर्न सकिन्छ । यसको अर्को राम्रो पक्ष भनेको पार्किग हो । अहिले नै बिशाल पार्किगं छ र साईडमा पनि गाडीहरु पार्क गर्न सकिन्छ। दुई सय गाडी सजिलै पार्किगं गर्न सकिन्छ । अझै यसको विस्तार गर्न लागिएको पनि संचालकहरुले बताउनु भयो ।
बाल्टिमोरमा धेरै पहिलेदेखि नेपालीको आफ्नै पार्टी हल होस भन्ने धेरैको चाहना थियो । यो पुरा भएको छ । दुई यूवा ब्यवसायीहरुले गरेको यो हिम्मतलाई अब समुदायका मानिसहरुको सहयोगको खांचो छ । हल भाडा अन्तभन्दा मिलाएर उपलब्ध हुने भएकोले सबैले एक पटक यी दुई हल संचालकलाई अवश्य सम्झनु होला ।