अमेरिकाको मेरिल्याण्ड राज्यको बाल्टिमोरमा पर्बत समाजले समर पिकनिक सम्पन्न गरेको छ ।
समन पिकनिकमा आएर सहभागी हुने सबैलाई पर्बत समाज अमेरिकाका अध्यक्ष धन गुरुगंले धन्यवाद व्यक्त गरेका छन ।
धन गुरुगंले लेखेको धन्यवाद पोष्टः
मे 22/2022 का दिन पर्वत समाज अमेरिकाले आयोजना गरेको समर पिकनिक तथा बृहत मनोरन्जनात्मक कार्यक्रममा हाम्रो निमन्त्रणालाई स्विकार गर्दै हाम्रो कार्यक्रमलाई सभ्य र भब्य रुपमा सफल पार्न अमेरिकाका बिभिन्न राज्यहरु बाट समेत उपस्थिती जनाइ सहयोग गर्नु भएकोमा सम्पूर्ण प्रति हार्दिक कृतज्ञताका साथ नमन ब्यक्त गर्दछौ, मेरिल्यान्ड राज्यमा रहेका बिभिन्न संघ सस्थाहरु हाम्रा छिमेकी जिल्ला समाजहरु सबै प्रति हामी ऋणी छौ, मेरिल्यान्ड राज्यका बिधायक ह्यारी भण्डारी ज्यु,बानाका अध्यक्ष सुबोध बिलास पन्त ज्यु अन्य संघ सस्थाका प्रमुख तथा प्रतिनिधी ज्युहरु बुद्धीजीवी ज्यूहरु पत्रकार ज्युहरु कलाकार खेलाडी सबैमा हाम्रो हार्दिक सम्मान छ | हामीलाई हातमा हात साथ साथमा साथ दिनुहुने हजुर सम्पूर्ण सहयोग दाताहरु प्रति हामी नतमस्तक छौ, हामीलाई भोलेन्टियर बनि हाम्रो कार्यक्रमलाई सफल बनाउन अहोरात्र खट्नु हुने हजुर हरु सम्पूर्ण प्रति हामी सम्मान गर्दछौ, दिन भरिको चर्को घाम नभनी मिठो मिठो परिकार बनाउन दिनभर खट्ने हजुरहरु सम्पूर्ण धन्यवादका पात्र हुनुहुन्छ, नेपालकै मेला महोत्सबका झै झल्को आउने गरी पञ्चे बाजा बजाइ सहयोग गर्नुहुने पञ्चे बाजा समुहलाई पनि बिशेष धन्यवाद ब्यक्त गर्दछौ | अझ बिशेष धन्यवादका पात्र हजुरहरु हुनुहुन्छ जो हप्ताको एक दिने छुट्टी पनि हाम्रा लागि दिनु भो कार्यक्रम सफल बनाउन सहयोग गर्नु भो सबैमा हार्दिक आभार | कार्यक्रमको दौरान हामी बाट भए गरेका कुनै पनि ब्यबस्थापकिय गल्ती कमजोरी बाट हजुरहरूमा पर्न गएको असुबिधा प्रति हामी क्षमा पार्थी चाहान्छौ |
धन्यबाद
अध्यक्ष:
धन प्रसाद गुरुंग (बिरबल)
पर्बत समाज अमेरिका
परिवार
फोटो पनि हेर्नुहोला ।
https://lightroom.adobe.com/shares/075d0900c0ce4e47a8c4882b66a61d35?fbclid=IwAR0TPsD3f2P_I51pFAhXwa5uSGWb5jliksmjcHIdGS4Pe53yiOPHAt36WXs&fs=e&s=cl