Logo

सोमवार, श्रावण २५ गते २०८३   |   2026 August 10

images

images

अमेरिकामा हुने मिस प्रिटिन प्रतियोगिताका लागि जापानबाट नेपाली चेली छनौट

अमेरिकामा हुने मिस प्रिटिन प्रतियोगिताका लागि जापानबाट नेपाली चेली छनौट

सतीश चापागाईं

१४, जेठ २०७९
images
अमेरिकामा हुने मिस प्रिटिन प्रतियोगिताका लागि जापानबाट नेपाली चेली छनौट

बाल्टिमोर/ अमेरिका

जापानमा जन्मेर जापान मै हुर्कदै गरेकी युमे अधिकारीले जापानको एउटा सौन्दर्य प्रतियोगीतामा प्रथम भएर अमेरिका आउने अवसर पाएकी छिन उनका बाबुआमा नेपाली हुन

सन् २०२२ मा जापानमा भएको  प्रिटिन ब्युटि कन्टेस्टबाट छनौट भएपछि युमेको अमेरिका आउने ढोका खुलेको हो १०देखि १२ वर्ष उमेर समूहका युवतीबीच यो प्रतियोगीता हुने गर्दछ

प्रतियोगीतामा छनौट भएका विभिन्न देशका युवतीहरुको बीचमा अन्तर्राष्ट्रिय प्रतियोगीता पनि हुने गर्दछ सोही अन्तर्राष्ट्रिय प्रतियोगीताका लागि युमे अमेरिका आउने हुन

यो प्रतियोगिता ४० वर्षदेखि हुँदै आएको बताइएको यो प्रतियोगिता मिसेस् फ्याबुलस अन्तर्गतको एउटा ब्रान्ड भएको यसले अन्तर्राष्ट्रियकरण एवम् सामाजिक योगदानका गतिविधिका साथै सौन्दर्य प्रतियोगिता आयोजना गर्दै आएकोयुमेकी अभिभावक तथा मामा कुशल धिताल बताउँछन्

उक्त प्रतियोगिता अमेरिकामा आगामी जुलाई २७ तारिख आयोजना हुने बताइएको आफूले स्कुलको पढाईसँगै यस प्रतियोगीतामा तयारीको लागि समय दिएर मेहनत गरेका कारण सफलता प्राप्त गरेको बताउने अधिकारी आफ्नी आमाको प्रेरणा अनि ईष्टमित्रहरुको सहयोगले यहाँसम्म आइपुग्न सजिलो भएको बताउछिन

(Preteen pan Pacific Award winner )प्रथम हुँदै अमेरिकामा हुन लागेको विश्व प्रतियोगितामा जापानको तर्फबाटभाग लिन पाउने भएपछि जापान लगायत संसारभर उनको चर्चा चुलिएको

छोरीको कारण नेपाल नेपालीलाई नजिकबाट विश्वले चिन्ने अवसर पाएकोमा धेरै खुसी छु,” युमेकी आमा अञ्जना धिताल अधिकारीले भनिन।

प्रतियोगितामा समावेश हुन जापानबाट अमेरिका जान साथै प्रतियोगितामा निकै प्रतिस्पर्धा हुने पूर्व तयारी तथा प्रश्क्षणका लागि ठूलो रकम खर्च हुने हुँदा विभिन्न संस्था व्यक्तिहरुले जापानमा सहयोग गरिरहेको बुझिएको

images
प्रकाशित मिति :जेठ १४, २०७९ शनिवार - ००:३१:०२ बजे

सतीश चापागाईं

Copyright © All right reserved to Nepalses Diaspora Site By: SobizTrend