Logo

सोमवार, श्रावण २५ गते २०८३   |   2026 August 10

images

images

डाक्टर भगवान कोईरालासंग मेरिल्याण्डमा अन्तरक्रिया

डाक्टर भगवान कोईरालासंग मेरिल्याण्डमा अन्तरक्रिया

सतीश चापागाईं

१५, जेठ २०७९
images
डाक्टर भगवान कोईरालासंग मेरिल्याण्डमा अन्तरक्रिया

नेपालमा गैर नाफामुलक क्षेत्र मार्फत बाल अस्पताल निर्माण अभियानमा लाग्नुभएका बरिष्ठ कार्डियोथोरासिक सर्जन डां भगवान कोईरालासंगको अन्तपकृया कार्यक्रम सम्पन्न भएको छ ।

अभियानको बारेमा नेपाली डायस्पोरामा केहि ब्याख्या गर्ने उध्देश्यले डां भगवान कोईराला यतिवेला अमेरिकाको यात्रामा हुनुहुन्छ र यात्राको क्रममा आज बान्टिमोर मेरिल्यन्डमा आईपुग्नु भएको हो ।

5B742B6A-9483-429F-9DDC-6AE0C55309D2.jpeg

बानाको आफ्नै भवनमा भएको कार्यक्रम बानाका अध्यक्ष सुबोध बिलास पन्तको सभापतीत्वमा चलेको थियो । अन्तरकृया कार्यक्रममा बोल्दै बिशिष्ठ अतिथी डां भगवान कोईरालाले नेपालका सबै प्रदेशहरुमा सेबा सुबिधा सम्पन्न बाल अस्पताल बनाउने आफ्नो अभियान रहेको र कति स्थानमा बनाउने कामको सुरुवाद भैसकेको बताउनु भयो । साथै डायस्पोरामा बस्ने सबैलाई आफुले सक्दो सहयोग गर्न पनी आग्रह गर्नुभयो ।


आज भएको कार्यक्रममा मात्र प्रत्यक्ष रुपमा करिब चॅौध हजार डलर बाल अस्पताल निर्माणको सहयोग स्वरुप उठेको छ भने बिभिन्न माध्यमबाट रकम उठ्ने क्रम जारी रहेको छ । कार्यक्रममा नेपाल सरकारका महाबाणिज्यदुत प्रेमराजा महत, एनआरएन अमेरिकाका बरिष्ठ उपाध्यक्ष कृष्ण जिवी पन्त, ओएनएफ अमेरिकाका अध्यक्ष प्रभु थापा, बानाका निबर्तमान अध्यक्ष अनु बन्त, PDRC संयोजक भिम बिक, नेपाल अमेरीका film Society का अध्यक्ष पुर्ण सिह बराईली, स्वास्थ्य कर्मिहरु डा. हरी देवकोटा, डा. प्रकाश आचार्य, प्रिया शेखर लगाएतले सहयोग तथा शुभकामना ब्यक्त गर्नुभएको थियो ।

DCD51F35-6CA0-4A7F-9AF2-96EC3A4EBA85.jpeg

बानाका महासचिव सागर घिमिरेको संचालनमा चलेको कार्यक्रममा बिभिन्न सामाजिक संघसस्था तथा संस्थाका प्रतिनीधी, बुद्धिजीबी तथा पत्रकारहरुको उपस्थित रहेको थियो । कार्यक्रममा काठमाडौं बाल अस्पताल र यो अभियानको सहयोगीको रुपमा रहेको केपाल्सका डा. डिल्ली भुर्तेल, सुनिल श्रेष्ठ, डा. बिशाल भण्डारीले सहजिकरण गर्नुभएको थियो ।


स्मरण रहोस डा. भगवान कोइराला कार्डियोथोरासिक सर्जन, प्रोफेसर र सामाजिक कार्यकर्ता हुनुहुन्छ। उहॅा नेपालमा सन् १९९७ मा ओपन हार्ट सर्जरी सुरु गर्ने प्रमुख व्यक्ति हुनुहुन्छ ।

उहाले सन् २००१ देखि २००९ सम्म नवस्थापित शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्रको कार्यकारी निर्देशकको रूपमा नेतृत्व गर्नुभएको छ। पछि त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालको कार्यकारी निर्देशक बनेर उहाले थुप्रै अनियमितता सफाइ गरी अस्पताललाई आर्थिक संकटबाट जोगाउनुभयो। डा.भगवान कोइरालाले सन् २००१ देखि २०२० सम्म १३ हजारभन्दा बढी मुटुको शल्यक्रिया वा प्रत्यक्ष सुपरिवेक्षण गर्नुभएको छ।

प्राविधिक तथा क्लिनिकल टोलीको नेतृत्व गर्नुका साथै उहॅले गरिब बिरामी, बालबालिका, ज्येष्ठ नागरिक र असाध्यै खाँचोमा परेकाहरूलाई मुटुसम्बन्धी रोगको नि:शुल्क उपचारको सुविधा समेत दिनुभएको छ ।

B8DCBF48-423F-4B29-9082-1E67B435043D.jpeg

images
प्रकाशित मिति :जेठ १५, २०७९ आइतवार - १६:४०:५७ बजे

सतीश चापागाईं

Copyright © All right reserved to Nepalses Diaspora Site By: SobizTrend