Logo

सोमवार, श्रावण २५ गते २०८३   |   2026 August 10

images

images

एनआरएनए कप क्रिकेट प्रतियोगीतामा नेपाली राष्ट्रिय टिम पनि सहभागी हुने

एनआरएनए कप क्रिकेट प्रतियोगीतामा नेपाली राष्ट्रिय टिम पनि सहभागी हुने

सतीश चापागाईं

१७, जेठ २०७९
images
एनआरएनए कप क्रिकेट प्रतियोगीतामा  नेपाली राष्ट्रिय टिम पनि सहभागी हुने

 

अमेरिका २७ मे । 
गैर आवासीय नेपाली सङ्घ राष्ट्रिय समन्वय परिषद् अमेरिकाले नेपाली राष्ट्रिय क्रिकेट टिमलाई सहयोग गर्ने भएको छ । नेपालको राष्ट्रिय क्रिकेट टिम र अल स्टार्स ह्युजटन बिच अमेरिकाको टेक्ससमा आयोजना हुन गइरहेको एनआरएनए कप प्रतियोगितामा राष्ट्रिय टिमलाई एनआरएनए अमेरिकाले आवास र खानाको लागि आर्थिक सहयोग गर्न लागेको हो । जुन २, २०२२ मा राष्ट्रिय क्रिकेट टिम र ह्युजटन हुरिकेनका बिच  साथै जुन ४, २०२२ मा राष्ट्रिय क्रिकेट टिम र अल स्टार टिम बिच दुई खेल हुने छ ।  

 क्रिकेट एसोसिएसन अफ नेपाल, अल स्टार र एनआरएनए अमेरिका बिच यो खेलका लागि समझदारी पत्रमा हस्ताक्षर समेत भएको एनआरएनले जनाएको छ । राष्ट्रिय क्रिकेट टिमलाई सहयोग गर्न एनआरएनए अमेरिकाले मे २७ तारिकसम्म करिब १० हजार डलर सङ्कलन गरिसकेको छ साथै अरू दाताहरूसँग थप रकम जुटाउन प्रयास गरिरहेको छ ।  प्रतियोगिताको व्यवस्थापन कार्य अल स्टार्सले ह्युजटन हुरिकेनसंग मिलेर गरिरहेको छ। अल स्टार्स र  ह्युजटन हुरिकेनले नेपाली राष्ट्रिय क्रिकेट टिमसँग प्रतिस्पर्धा गराउन विभिन्न देशका राष्ट्रिय क्रिकेटरहरूलाई आफ्नो टिममा राखेर प्रतिस्पर्धा गर्ने छन् । 

अध्यक्ष बुद्धि  सागर सुबेदीले नेपालको राष्ट्रिय टिमलाई अवसर र प्रोत्साहन प्रदान गर्ने उद्देश्यले यस प्रतियोगिता गर्न लागेको   जानकारी दिनुभयो । 
नेपाल आईसीसी डिभिजन-२ लिगको खेल अमेरिका र ओमानसँग जुन ८ देखी १५ सम्म ह्युजटनमा खेल्न गइरहेको छ ।  त्यसको पूर्व सन्ध्यामा यो प्रतियोगिता आयोजना गर्न लागिएको हो ।
नेपाली राष्ट्रिय क्रिकेट टिमका क्याप्टेन सन्दीप लामिछानेले पनि भिडियो सन्देश पठाउँदै एनआरएनए एनसीसी अमेरिका कपमा सहभागी हुन र सहयोग गर्न सार्वजनिक अपिल गरेका छन् ।

images
प्रकाशित मिति :जेठ १७, २०७९ मंगलवार - १८:५१:२५ बजे

सतीश चापागाईं

Copyright © All right reserved to Nepalses Diaspora Site By: SobizTrend