Logo

सोमवार, श्रावण २५ गते २०८३   |   2026 August 10

images

images

प्रितेश कार्की NANC को अध्यक्षमा निर्विरोध चयन

प्रितेश कार्की NANC को अध्यक्षमा निर्विरोध चयन

सतीश चापागाईं

१९, जेठ २०७९
images
प्रितेश कार्की NANC को अध्यक्षमा निर्विरोध चयन


उत्तम धमला,

सान् फ्रान्सिस्को
जुन १ २०२२


उत्तरी क्यालिफोर्निया निवासी नेपालीहरुको संस्था नेप्लिज एसोसियसन अफ नर्दन क्यालिफोर्निया (NANC) को मे ३० मा सम्पन्न निर्वाचनले प्रितेश कार्कीको अध्यक्षतामा १३ सदस्यिय समिती निर्विरोध चयन गरेको छ। घोषित निर्वाचन कार्यक्रम अनुसार सम्पूर्ण पदहरुमा एक मात्र उम्मेदवारी परेपछी समिती निर्विरोध निर्वाचित भएको हो।

२०२२ देखी २०२४ सम्मको कार्यकालका लागी अध्यक्षमा प्रितेश कार्की, बरिष्ठ उपाध्यक्षमा कल्पना लामा, उपाध्यक्षमा संगिता विश्वकर्मा, महासचिवमा यज्ञ नेपाल र कोषाध्यक्षमा किलेश्वर मल्ल चयन भएका छन्। सदस्यहरुमा प्रतिक्षा हमाल, रोहित क्षेत्री, रोमन श्रेष्ठ, डिल्ली प्रसाद भट्टराई, सुरेश भट्ट, बासुदेव बुढा क्षेत्री, राजन कंडेल र सारिका थापा चयन भएका छन्।

निर्वाचित नयां समितीले जुन ५ का दिन पद तथा गोपनियताको सपथ लिने मे ३० मा जारी निर्वाचन अधिकृत लक्ष्मण अधिकारीद्वारा हस्ताक्षरित विज्ञप्तिमा जनाईएको छ।

NANC बे एरियामा सामुदायिक केन्द्र निर्माणसंग प्रत्यक्ष जोडिएर अग्रणी भूमिका निर्वाह गरिरहेको संस्था हो। २०२२ - २४ का लागी नयां समिती निर्वाचित भएर आएपछी सामुदायीक भवन निर्माणको कामले नयां गति लिने अपेक्षा गरिएको छ।

images
प्रकाशित मिति :जेठ १९, २०७९ बिहिवार - ०७:१६:११ बजे

सतीश चापागाईं

Copyright © All right reserved to Nepalses Diaspora Site By: SobizTrend