Logo

सोमवार, श्रावण २५ गते २०८३   |   2026 August 10

images

images

मेरिल्याण्डमा बालबालिकाको डान्स प्रतियोगीता संगै मोक्तान दम्पतीको सांगीतिक कार्यक्रम हुदै

मेरिल्याण्डमा बालबालिकाको डान्स प्रतियोगीता संगै मोक्तान दम्पतीको सांगीतिक कार्यक्रम हुदै

सतीश चापागाईं

२४, जेठ २०७९
images
मेरिल्याण्डमा बालबालिकाको डान्स प्रतियोगीता संगै मोक्तान दम्पतीको सांगीतिक कार्यक्रम हुदै

एनआरएनए मेरिल्याड र अन्तराष्ट्रीय कलाकार संघ ईनास मेरिल्याण्डको कलाकार संयोजनमा 'पुराना स्रष्टालाई सम्मान -नयांलाई प्रोत्साह' भन्ने नाराका साथ वाल्टिमोरमा सांगितिक कार्यक्रम हुने भएको छ ।

कार्यक्रममा खुल्ला नृत्य प्रतियोगीता तथा 'बुहत कुन्ति - सिला संगीतीक साँझ' हुने छ । सोही अवसर पारेर कला र कलाकारको सारथि अन्तर्राष्ट्रीय नेपाली कलाकार समाज र मेरिल्याण्ड एरियामा बसोबास गर्नुहुने सबै कार्यक्रममा उपस्थित कलाकार तथा संघ संस्था द्वारा वरिष्ठ कलाकार कुन्ति-सिला मोत्तानलाई सम्मान तथा भेटघाट कार्यक्रम रहने छ ।

वाल्टिमोरमा पहिलो पल्ट हुनलागेको उक्त कार्यक्रम राहुल के सी लक्ष्मण पौडेल र रमेश श्रेष्ठको संयोजन रहने छ ।विगतमा वाल्टिमोरमा संगीतीक कार्यक्रम हुने गरेपनि व्यक्ति वा संस्थाले आर्थिक संकलन गर्ने गरेको अवस्थामा यो कार्यक्रमले छुट्टै रनक ल्याएको छ ।

अन्तराष्ट्रीय कलाकार संघ ईनास ग्लोवल नृत्य संयोजक राहुल के सी र एनआरएनए मेरिल्याड आर्ट एन्ड कल्चर डाइरेक्टर लक्ष्मण पौडेलका अनुसार युवालाई लक्षित गरि आयोजना गरिएको नृत्य प्रतियोगीता र एनआरएनए मेरिल्याण्ड र अन्तराष्ट्रीय कलाकार संघ ईनास मेरिल्न्डको संयोजन र कुन्ति - सिला संगीतीक कार्यक्रम सवै पहिलोपल्ट रहेकोले यो कार्यक्रमले वाल्टिमोर वासीमा नयॉ पाटोको सुरूवात गरेको कुरा वताउनु भयो ।

E9C3E2FB-3C31-496F-9B40-810CBC2F28BB.jpeg

कार्यक्रमको आकर्षक नृत्य प्रतियोगीताको निर्णायकमा गोपाल चन्द्र लामिछाने (डाइरेक्टर), दिनेश कार्की (डाइरेक्टर) र अनुसुया श्रेष्ठ ( कलाकार) रहनुहुने नमस्ते ईभेन्ट म्यनेजमेन्टले जानकारी गराएको छ ।

नेपाली कला संस्कृतिलाई पुस्ता हस्तान्तरण गर्दै जानुपर्छ र नेपाली कला रहे कलाकारको गला रहने र नेपाली संकृती रहे नेपाली समाजको आकृती निर्धारण हुन्छ । यो कार्यक्रममा मिडिया पार्टनर  रहेको नेप्लिज डायस्पोराको तर्फवाट सफलताको शुभ कामना व्यक्त गर्दछौ ।

images
प्रकाशित मिति :जेठ २४, २०७९ मंगलवार - ०५:५५:०१ बजे

सतीश चापागाईं

Copyright © All right reserved to Nepalses Diaspora Site By: SobizTrend