सुजितकुमार खड्का
अमेरिका
यति बेला सबै प्रबासी नेपालीहरुको बलियो संगठनको रुपमा रहेको प्रबासी नेपाली मंच अमेरिकाको तेस्रो अधिबेसन यहि jun 17-19 अमेरिकाको बोस्टनमा हुन गईरहेको छ ।
अमेरिकाको सबै राज्यबाट प्रतिनिधि चयन भैसक्नु भएको यो अधिबेसनको प्रमुख अतिथिको रुपमा नेकपा एमालेका बिदेस बिभाग प्रमुख राजन भट्टराईको प्रमुख आतिथित्य्तामा र बिसेष अथिति महेन्द्र बहादुर पाण्डे र सासद शान्त चौधरीको सम-उपस्तिथितिमा हुने भएको छ ।
अधिबेसन सफलताको सुभकामना दिन विभिन्न रास्ट्रीय तथा अन्तरास्ट्रीय संघ सस्थाका प्रतिनिधिहरु यति खेर अमेरिका आउने क्रम जारी रहेको छ ।
साथै अधिबेसनको प्रचार प्रसार द्रुत गतिमा भइ रहेको र अधिबेसनको समाचार सम्प्रसन गर्न सबै पत्रकार एबम मिडिया कर्मीलाई समेत निमंत्रना पठाउने काम भइरहेको छ । भने अन्य अतिथि अर्थात नेपाली राजदुतबास अमेरिका प्रतिनिधि,संयक्त राष्ट्र संघ नेपाल प्रतिनिधि अमेरिका स्थित नेपाली बाणिज्य दुत सबैलाई निमंत्राना पठाइ सकेको जानकारी मंचक अध्य्क्ष्य प्रभु थापाले जानकारी दिनु भएको छ ।
अधिबेसनको उद्घाटन सत्रपछि बन्द सत्र सुरुहुने र साथै विभिन्न राजनीतिक सागठानिक र आर्थिक प्रतिबेदन प्रस्तुत हुनुका साथै आगामी नया कार्यकालका लागि नया नेतृवो चयन गर्दै र बिबिध सास्कृतिक कार्यक्रमका बिच तेस्रो अधिबेसन समापन हुने छ ।