Logo

सोमवार, श्रावण २५ गते २०८३   |   2026 August 10

images

images

रिचमन्डमा बि डि ए को अन्तर्क्रिया सम्पन्न, राजन कंडेलको संयोजकत्वमा च्याप्टर गठन

रिचमन्डमा बि डि ए को अन्तर्क्रिया सम्पन्न, राजन कंडेलको संयोजकत्वमा च्याप्टर गठन

सतीश चापागाईं

३१, जेठ २०७९
images
रिचमन्डमा बि डि ए को अन्तर्क्रिया सम्पन्न, राजन कंडेलको संयोजकत्वमा च्याप्टर गठन

 

“रगत दान गर्नु एकताको कार्य हो” भन्ने नारा का साथ विश्व रक्तदाता दिवशका अवसर मा क्यालिफोर्नियाको रिचमण्डमा "स्वेच्छिक रक्तदानमा नेपाली संस्थाको भूमिका" विषयक छलफल कार्यक्रम सम्पन्न भएको छ। जुन १२ का दिन आयोजित उक्त कार्यक्रममा स्वेच्छिक रक्तदानलाई प्रवर्द्धन गर्न बे एरियामा काम गरिरहेका नेपाली संघ संस्थाहरुले कसरी भूमिका खेल्न सक्छन भन्ने विषयमा विभिन्न संघ संस्थाका प्रतिनीधिहरुले आफ्नो विचार व्यक्त गरेका थिए।

प्रितेश कार्की, पशुपति कँडेल, उतम धमला, सुरेश भट्ट लगायतका वक्ताहरुले बे एरियामा रहेका विभिन्न संघ संस्थाहरुले ब्लड डोनर्स एसोसियसन अफ अमेरीकासंग सहकार्य गरेर रक्तदान कार्यक्रमहरु राख्न सकिने बताए। Blood Donors Association - BDA, West Cost की उपाध्यक्ष शारदा श्रेष्ठले रक्तदानको सन्दर्भमा दक्षिणी र उत्तरी क्यालिफोर्नियामा मिलेर काम गर्ने कुरामा ध्यान केन्द्रित गर्नुपर्ने बताईन्।

कार्यक्रमकै अवसर पारेर राजन कँडेलको नेतृत्वमा सन् २०२२-२०२४ का लागि ब्लड डोनर एसोसियसन अफ अमेरिका, क्यालिफोर्निया च्याप्टर गठन गरिएको छ भने सदस्यहरुमा सागर पौडेल, सुरेश भट्ट, कृष्ण बुढाथोकी, थलवीर ओली, सुवास भण्डारी, चिरञ्जीबी गौतम, दिल बहादुर श्रेष्ठ, दीपक कँडेल, पशुपति कँडेल, आशिष श्रेष्ठ, प्रत्युस राना, शारदा दाहाल रहेका छन्।

images
प्रकाशित मिति :जेठ ३१, २०७९ मंगलवार - २२:२६:५६ बजे

सतीश चापागाईं

Copyright © All right reserved to Nepalses Diaspora Site By: SobizTrend