भर्जिनियाको मनासस्मा आयोजित कुन्ती मोक्तान सांझले ऐतिहासिक सफलता पाएको छ ।
अमेरिकाको मेरिल्याण्ड स्टेटका सांसद ह्यारी भण्डारी मुख्य अतिथि रहनु भएको उक्त कार्यक्रम रुषाज् ईन्टरप्राईजेज ले आयोजना गरेको थियो । टेलिभिजनका सफल उद्घोषक सरोज केसीले संचालन गर्नुभएको उक्त कार्यक्रममा रुषा केसीले उद्घोषणमा सहयोग गर्नुभएको थियो ।
कार्यक्रममा बरिष्ठ संगितकार शिला बहादुर मोक्तानले पहिलो पटक आफ्नै स्वरमा गित गाएर सुनाउनु भएको थियो । नायिका पुजा चन्द लोक गायक राम प्रसाद खनालको पनि उपस्थिति थियो ।
मेरिल्याण्ड राज्यका सासंद ह्यारी भण्डारीले मेरिल्याण्ड राज्यको तर्फबाट कुन्ती मोक्तान तथा शिला बहादुर मोक्तानलाई मेरील्याण्ड राज्यको झण्डा ओढाएर सम्मान पत्र प्रदान गर्नुभएको थियो ।
अन्तराष्ट्रिय कलाकार मञ्चका सस्थापक अध्यक्ष राम प्रसाद खनालले मोक्तान दम्पतिलाई कलाकार मञ्चको तर्फबाट सम्मान पत्र प्रदान गर्नु भएको थियो ।
पछिल्लो पुस्ताकी गजल गायिका १३ बर्षकी ईसान्भी मिश्रले गीत र सरिसा अधिकारीले चोली राम्रो गीतमा नृत्य प्रस्तुत गरेका थिए ।