बाल्टिमोर जुन २५
साहित्यकार नवराज पराजुलीको कविता कन्सर्ट अमेरिकाको बाल्टिमोरमा हुने भएको छ।
बाल्टिमोर एसोसियसन अफ नेप्लिज ईन अमेरिका (बाना) को आयोजना र अन्तराष्ट्रिय नेपाली कलाकार समाज, मेरिल्यान्ड(INAS) तथा अन्तराष्ट्रिय नेपाली साहित्य समाज वासिङ्टन डिसी, मेरिल्यान्डको (INLS) सह आयोजनामा बाल्टिमोरको मेरिल्यान्डमा साहित्यकार पराजुलीको कन्सर्ट हुन थालेको हो।
२०१७ मा पद्मश्री पुरस्कारबाट बिभुषित “सगरमाथाको गहिराई” का सर्जक पराजुलीको अमेरिका यात्रा पहिलो पटक हो।
सामस फाउन्डेसनको ब्यबस्थापनमा यहि महिनाबाट पराजुलिको क्यानडा र युस टुरको सुरुवाद हुदैछ ।
बाल्टिमोरमा जुलाई १६ तारिकमा हुन लागेको एकल कविता कन्सर्ट पराजुलिको संभवत अमेरिकाको पहिलो कविता कन्सर्ट हुनेछ ।