साथी बाल्टिमोर क्रिकेट क्लबले सन् २०२२ र २३ को साथी कप क्रिकेट प्रतियोगिताका लागि क्लबको नयाँ जर्सी सार्वजनिक गर्दै आफ्ना खेलाडीहरुलाई जर्सी हस्तान्तरण समेत गरेको छ ।
घिमिरे होम्सले प्रायोजन गरेको जर्सीलाई बाल्टिमोर काउन्टी डिस्ट्रिक्ट ५ को काउन्सिलम्यान डेविड मार्क्स र डिस्ट्रिक्ट ८ का स्टेट डेलिगेट कार्ल ज्याक्सनले सार्वजनिक गरेका थिए ।
सन् २०२१ बाट साथी बाल्टिमोर क्रिकेट प्रतियोगिता गर्दै आएको यो क्बलले जर्सी सार्वजनिक कार्यक्रमसंगै मैत्रीपुर्ण खेलको पनि आयोजना गरेको थियो । उक्त मैत्रीपूर्ण खेलमा सुदुरपश्चिम क्रिकेट क्बल एक विकेटले विजयी भएको छ ।
कार्यक्रममा जर्सीको मुख्य प्रायोजक रहेको घिमिरे होम्सका प्रमुख कार्यकारी अधिकृत क्रिस घिमिरे, एनआरएनए मेरिल्याण्ड च्याप्टरका अध्यक्ष राजु पराजुली, एनआरएनए कोरियाका पुर्ब अध्यक्ष समेत रहेका तेक्वान्दोको पूर्व खेलाडी तथा रेफ्री राजु क्षेत्री, नेपाली अल स्टार्सका बोर्ड सदस्य रहेका आशिक लामा र सुदुरपश्चिम समाजका अध्यक्ष दमन बिक्रम शाही समेत उपस्थित रहेका थिए ।