Logo

सोमवार, श्रावण २५ गते २०८३   |   2026 August 10

images

images

सुदुर पश्चिम समाज मेरिल्याण्ड अमेरिकाका खेलाडीलाई जर्सी हस्तान्तरण

सुदुर पश्चिम समाज मेरिल्याण्ड अमेरिकाका खेलाडीलाई जर्सी हस्तान्तरण

सतीश चापागाईं

१५, आषाढ २०७९
images
सुदुर पश्चिम समाज मेरिल्याण्ड अमेरिकाका खेलाडीलाई जर्सी हस्तान्तरण

बाल्टिमोर, अमेरिका

सुदुर पश्चिम समाज मेरिल्याण्ड अमेरिकाले आफ्नो सकर टिमका खेलाडीहरुको हौसला बढाउन सम्मान सांझको आयोजना गरेर जर्सी समेत बितरण गरेको छ । 

संस्थाका अध्यक्ष दमन बिक्रम शाह र खेलकुद संयोजक बिक्रम शाहीले टिम क्याप्टेन राकेश गुरुगंलाई हस्तान्तरण गर्नु भएको थियो ।सुदुर पश्चिम समाज मेरिल्याण्ड अमेरिकाको सकर टिमलाई समाजसेवी श्याम कोईरालाले जर्सी, रियल्टर ब्रजेश महर्जनले हाप पाईन्ट स्पोन्सर गर्नु भएको र रियल्टर जनक पौडेलले सिल्भर स्पोन्सरका रुपमा नगद सहयोग गर्नुभएको जानकारी गराईएको थियो । 

कार्यक्रममा बानाका अध्यक्ष सुबोध विलास पन्त, एनआरएनए मेरिल्याण्डका अध्यक्ष राजु पराजुली, साथी बाल्टिमोरका संयोजक रमेश भट्ट 'नेपाली छोरो'ले बोल्दै खेलाडीहरुलाई शुभकामना दिनुभएको थियो । 

AC9767A1-B1D6-4230-8E6B-8AE8101E82ED.jpeg

कार्यक्रममा एनआरएनए कोरियाका पुर्व अध्यक्ष समेत रहनु भएका  तेक्वाण्डोका अन्तराष्ट्रिय खेलाडी तथा रेफ्रि राजु क्षेत्री, विभिन्न  समाजका प्रतिनिधीहरु, नेपाल र अमेरिकामा क्रियाशील पत्रकारहरु र सुदुर पश्चिम समाज अमेरिकाका सदस्यहरुको उपस्थिती थियो । 

अमेरिकाको मेरिल्याण्डमा सक्रिय रहेको यो संस्थाले विभिन्न सामाजिक कामहरु गर्नुका साथै भलिवल, सकर र क्रिकेट खेलको आफ्नै टिम बनाएर स्थानीय र राष्ट्रिय प्रतियोगीताहरुमा सहभागी हुदै आएको छ । 

images
प्रकाशित मिति :आषाढ १५, २०७९ बुधवार - २०:१३:१३ बजे

सतीश चापागाईं

Copyright © All right reserved to Nepalses Diaspora Site By: SobizTrend