Logo

सोमवार, श्रावण २५ गते २०८३   |   2026 August 10

images

images

हाम्रो पोखरा युएसएको समर पिकनिकमा संस्था र वेबसाईटको उद्घाटन

हाम्रो पोखरा युएसएको समर पिकनिकमा संस्था र वेबसाईटको उद्घाटन

सतीश चापागाईं

१५, आषाढ २०७९
images
हाम्रो पोखरा युएसएको समर पिकनिकमा संस्था र वेबसाईटको उद्घाटन

बाल्टिमोर अमेरिका

अमेरिकाको न्युयोर्कमा रहेका पोखरेली युवाहरुको सक्रियतामा स्थापना भएको 'हाम्रो पोखरा युएसए'ले न्युयोर्कमा भविय पिकनिक सम्पन्न गरेको छ । 

अमेरिकामा दर्ता भएको यो संस्थाको अमेरिकाका लागि नेपाली महाबाणिज्य दूतावासका कार्यवाहक महाबाणिज्य दूत बिष्णुप्रसाद गौतमले समर पिकनिक कै अवसरमा रिबन काटेर न्युयोर्कमा उद्घाटन   गर्नुभयो ।

B0604A44-50BD-4AFD-BD4C-06C7E89316C1.jpeg

06D063B2-FFF3-4C19-B039-BEA7CBEC18D8.jpeg

कार्यक्रममा बोल्दै कार्यवाहक महाबाणिज्य दूत गौतमले पोखराको पर्यटन विकास संगै अन्य सामाजिक क्षेत्रमा बिकास गर्ने यो संस्थाको उद्देश्य समय सापेक्ष र अत्यावश्यक रहेको पनि बताउनु भयो ।

संस्थाको आधीकारीक वेबसाईटको न्युयोर्कका ब्यबसायी प्रबिन केसीले रिबन काटेर शुरुवात गर्नु भयो।

कार्यक्रममा न्युयोर्क निवासी ब्यबसायी मनिता गुरुंग, सुनिल श्रेष्ठ तथा बल्की रुवाली लगायतले सफलताको शुभकामना दिनुभएको थियो ।

संस्थाको मुख्य उद्देश्य पोखरामा घर भएका र पोखरालाई माया गर्नेहरुलाई समेटेर पोखराको पर्यटनसंगै पोखराको हीतमा विविध आयामहरुमा साथ, सहयोग र सहकार्य गर्ने रहेको बताउनु भयो ।

7E7808CF-F10E-453B-B996-DC34A2E4992A.jpeg

संस्थाले मागेर सेवा गर्ने होईन, कमाएर सेवा गर्ने नीति स्वरुप संस्थाको वेबसाईटको शुरु गरेको बताउदै भन्नुभयो, वेबसाईटबाट सेवा र विज्ञापन उपलब्ध गराउंछौ र त्यसबापत संस्थालाई आम्दानी जुटाउछौं ।" अध्यक्ष रेग्मीले थप्नुभयो, "यो संस्था डोनेशनले मात्र चल्ने संस्था होइन । अलि फरक अप्रोच छ हाम्रो ।"

 

हाम्रो पोखरा युएसएको कार्यसमिती निम्न प्ररकार रहेको छ ।

Kishor Regmi President 

Nirajan Badgami Vice President

Ashok Rana Magar Vice President 

Kumar Gurung General Secretary 

Govind Paudel Secretary 

Dipesh Gurung treasurer

Buddish Dura BOard member 

Santosh Gurung Board Member

Sandeep Gurung Board member

Bipin Bista Board member

Krishna Poudel Boardmember 

Adviser 

Dr Anup srivastav 

Chandra man Gurung

Bikram KC

Manita Devi Gurung

Kumar Serchan

images
प्रकाशित मिति :आषाढ १५, २०७९ बुधवार - २३:५६:३२ बजे

सतीश चापागाईं

Copyright © All right reserved to Nepalses Diaspora Site By: SobizTrend