Logo

सोमवार, श्रावण २५ गते २०८३   |   2026 August 10

images

images

युनाईटेड किरात राई अर्गनाईजेसन अफ अमेरिका (डिएमभिपी) को भेला साकेला नाच्दै सम्पन्न

युनाईटेड किरात राई अर्गनाईजेसन अफ अमेरिका (डिएमभिपी) को भेला साकेला नाच्दै सम्पन्न

सतीश चापागाईं

१७, आषाढ २०७९
images
युनाईटेड किरात राई अर्गनाईजेसन अफ अमेरिका (डिएमभिपी) को  भेला साकेला नाच्दै सम्पन्न

 


बि.के राई बुधबार, १५ असार, २०७९


युनाईटेड किरात राई अर्गनाईजेसन अफ अमेरिका (डिएमभिपी- डिसी, मेरिल्याण्ड, भर्जिनिया, पेन्सलभेनिया) च्याप्टरको दोस्रो भेला सम्पन्न
युनाईटेड किरात राई अर्गनाईजेसन अफ अमेरिका (डिएमभिपी- डिसी, मेरिल्याण्ड, भर्जिनिया, पेन्सलभेनिया) च्याप्टरको दोस्रो भेला सम्पन्न भएको छ।

संयुक्त राज्य अमेरिकाको मेरिल्याण्डमा भएको भेलामा संस्थाको हालै सम्पन्न अधिवेशनबाट चुनिएका पदाधिकारीहरु तथा लाइफ मेम्बरहरुलाई प्रमाणपत्र वितरण गरिएको थियो।


कार्यक्रममा युनाईटेड किरात राई अर्गनाईजेसन अफ अमेरिका (युक्रा)का पूर्वसभापति, जनजाति महासंघ अमेरिका (फिप्ना)का पुर्व सल्लाहाकार, एनआरएनका पुर्व उपाध्यक्ष तथा हालका केन्द्रिय सल्लाहकार मिलन राईले साकेलाको शुभकामना दिँदै संस्थाको संरचनाको परिवर्तन गर्नुपर्ने विचार व्यक्त गर्दै सम्पूर्ण किरातहरु अझै एकृकित हुँदै मजबुत एकता निर्माण गर्नु पर्ने सुझाए। उनले संस्थामा हुने विगतका विभाजनहरुलाई सदाको लागि अन्त्य गरौँ भन्दै हिजो जे भयो त्यसबाट सिकेर पुन: त्यस्तो गल्ति दोहोर्‍याउनु नहुने बताए।

उनले हाम्रो चाडपर्व, संस्कारर संस्कृतिहरु हाम्रो पहिचानसंग जोडिएकाले यसको संरक्षण र सम्वर्धन गर्नु हाम्रो कर्तव्य र जिम्मेवारी भएको भन्दै त्यसका लागि एकजुट हुनुको विकल्प नभएको बताए।
हामी नेपाली ग्लोबल न्युयोर्क च्याप्टरका अध्यक्ष ध्रुब कुंवरले साकेलाको शुभकामना दिँदै संस्थाका दोस्रो अधिवेशनबाट चुनिएका पदाधिकारीहरुलाई सफल कार्यकालको शुभकामना दिए।


अध्यक्ष कुंवरले नेपाल र नेपालीहरुले मनाउने सबै चाडपर्वहरु सबै नेपालीहरुको भएकोले यथासम्भव सबै नेपालीहरुले सहकार्य गरेर सौहार्दपूर्ण ढंगले मनाउनु पर्नेमा जोड दिए। उनले आफुले नेतृत्व गरेको हामी नेपाली ग्लोबलले सबै नेपालीको चाडपर्व, संस्कार र संस्कृतिहरुको सम्वर्धन र संरक्षणका लागि तयार भएको बताए।
युक्राका केन्द्रिय उपाध्यक्ष केशव राईले साकेलाको शुभकामना दिँदै चाँडै अमेरिकाका विभिन्न स्थानमा यहाँका राज्यसँग वार्ता गरेर साकेला थान स्थापना गर्ने बताए। उनले जुलाई १० मा न्युयोर्क राज्यमा हुने साकेलाको निम्तो समेत दिए।


त्यस्तै, कार्यक्रममा युक्रा न्यूयोर्क च्याप्टरकी अध्यक्ष ममता खालिङ राईले साकेलाको शुभकामना दिँदै जुलाई १० मा न्युयोर्कमा हुने साकेला कार्यक्रममा उपस्थितिका लागि अमेरिकामा रहेका सम्पूर्ण नेपालीलाई निम्तो दिइन्।


युनाईटेड किरात राई अर्गनाईजेसन अफ अमेरिका (डिएमभिपी) साकेला २०२२ कार्यक्रमको सभापतित्व डिएमभिपी च्याप्टरकी अध्यक्ष समिता राईले गरेकी थिइन्। कार्यक्रममा उपाध्यक्षमा डा. भविराज राईले स्वागत मन्तव्य दिँदै सबै उपस्थित अथितिहरुलाई निम्तो स्वीकारेर उपस्थित भएकोमा धन्यवाद ज्ञापन गरेका थिए।


कार्यक्रममा प्रमुख अथितिको रुपमा युक्राका केन्द्रिय समितिका उपाध्यक्ष कुसुम राई थिए। त्यस्तै, विशेष अथितिका रुपमा नक्छुंग पदम चम्लिङ्ग, डा. सेर बहादुर लिम्बु, विष्णु देवान, हामी नेपाली ग्लोबल न्युयोर्क च्याप्टर, युक्रा न्युयोर्क च्याप्टर तथा कलाकार संघ अमेरिकाकी वरिष्ठ उपाध्यक्ष वसन्ती राई तथा पत्रकारद्वय सन्तोष राई र शान्ति राज राई थिए।


सो अवसरमा युक्राका केन्द्रिय उपाध्यक्ष केशव राईले बालबालिकाहरुलाई साकेला सिली सिकाएका थिए। कार्यक्रममा विभिन्न संघ-संस्थाबाट आएका पदाधिकारिहरुले शुभकामना व्यक्त गरेका थिए। साथै उक्त कार्यक्रममा पत्रकारहरुलाई सम्मान गरिएको थियो।


डिएमभिपीको कार्यकारी समितिमा हाल अध्यक्ष समिता राई, उपाध्यक्षमा डा. भविराज राई, महासचिव सरिता राई र कोषध्यक्षमा प्रितम राई रहेका छन्। त्यस्तै, सदस्यहरुमा विवेक राई, रुरु राई र सुमी राई रहेका छन्। यस च्याप्टरको सल्लाहाकारमा मिलन राई रहेका छन्।

images
प्रकाशित मिति :आषाढ १७, २०७९ शुक्रवार - १७:३१:०७ बजे

सतीश चापागाईं

Copyright © All right reserved to Nepalses Diaspora Site By: SobizTrend