Logo

सोमवार, श्रावण २५ गते २०८३   |   2026 August 10

images

images

नेपाली महिला ज्योती केसी अन्तरिक्ष यात्राका लागि पाईला चाल्दै

नेपाली महिला ज्योती केसी अन्तरिक्ष यात्राका लागि पाईला चाल्दै

सतीश चापागाईं

१९, आषाढ २०७९
images
नेपाली महिला ज्योती केसी अन्तरिक्ष यात्राका लागि पाईला चाल्दै

सुमन अधिकारी / दाङ 

नेपाली महिला ज्योती केसी अन्तरिक्षमा जाने पहिलो नेपाली बन्ने तरखरमा छन् । दाङका नरबहादुर केसीकी कान्छी छोरी ज्योतीले अन्तरिक्ष यात्राका लागि आवश्यक तालिम पुरा गरिसकेको बताएकी छन ।

ज्योतीले सामाजिक सञ्जालमा आफुले भर्खरै एनालग अन्तरिक्ष यात्रीको तालिम पूरा गरेको र आधिकारिक रूपमा एनालग अन्तरिक्ष यात्रीको रूपमा प्रमाणित भएको उल्लेख गरेपछि उनलाई सामाजिक सञ्जालमा र प्रत्यक्ष भेटेर बधाई दिनेहरूको ओइरो लागेको छ । साथै, यो खबरले अहिले संसारभरका नेपालीहरुमा खुशीको संचार गराएको छ ।

अमेरिकी वायु सेनामार्फत अन्तरिक्षयात्रीको लागि अध्ययन गर्न आफू पोल्याण्ड गएको अन्तरिक्षयात्री बन्नका लागि हप्ताको तालिममा सहभागी भएको कुरा ज्योतीले सामाजिक संजालमा सार्वजनिक गरेपछि मानिसहरुमा ज्योती, ज्योतीको परिवार र उनको यो यात्राका बारेमा चासो बढेको हो । 

F5715A3D-A01E-4783-907C-5332F0641F7E.jpeg

उनले फेसबुकमा लेखेकी छन : " I recently completed Analog Astronaut training and was officially certiffied as an Analog Astronaut. As the Commander of the Sirius mission and engineer support, I had four crew members from all over the world(the USA, Mexico , Poland ) . It was an incredible learning experience for all of us. The training lasted two weeks in Poland, and I was the first Nepali- American to attend (Lunares research station).

New technologgies, robotic equipment, vehicles, habitats, communications, power generation, design, mobility, Aero and hydro plantation, etc are frequently tested and researched in our roles. Isolation and confinement team dynamics, menu fatigue and other behavioral effects are also observed. I was given the once-in-a-lifetime opportunity. And I want to express my gratitude to my parents, siblings, relatives, friends, and the United States Air Force, for all of their great assistance.

अन्तरिक्ष यात्रीको प्रशिक्षणबारे उनले लेखेकी छन्, "सिरियस मिसनको कमाण्डर  इन्जिनियर समर्थनको रूपमा मसँग संसारभरबाट चार चालकदलका सदस्यहरू थिए (अमेरिका, मेक्सिको, पोल्याण्ड) यो हामी सबैकोलागि एक अविश्वसनीय सिक्ने अनुभव थियो। तालिम पोल्याण्डमा दुईहप्तासम्म चलेको थियो । र,  (लुनारेस रिसर्च स्टेशन) मा भाग लिने पहिलो नेपालीअमेरिकी हुँ ।"

उनले भनेकी छन्, "नयाँ प्रविधिहरू, रोबोटिक उपकरणहरू, सवारीसाधनहरू, वासस्थान, सञ्चार, ऊर्जा उत्पादन, डिजाइन, गतिशीलता, एयरो हाइड्रो प्लान्टेशन, आदि हाम्रो भूमिकाहरूमा बारम्बार परीक्षण अनुसन्धान गरिन्छ  अलगाव कैद टोली गतिशीलता, मेनु थकान अन्य व्यवहार प्रभावहरु पनि अवलोकन गरिन्छ मलाई जीवनमा एक पटक अवसर दिईएको थियो मेरा आमाबुवा, दाजुभाइ, आफन्त, साथीहरू संयुक्त राज्य वायु सेना, तिनीहरूको ठूलो सहयोगको लागि मेरो आभार व्यक्त गर्न चाहन्छु ।"

0749CDF3-C60B-4F33-9D94-AA38C7B482EE.jpeg

२७ वर्षीया ज्योतीको भनाई अनुसार एनालग आस्टर्ड अन्तरिक्षको रिसर्च पूरा गरेकी छन् एनागल अन्तरिक्ष यात्रीको रुपमा सफल प्रशिक्षण लिदै गर्दा संसार भरबाट छनोट गरिएको थियो, अब नासासँगको सहकार्यमा रिसर्चका लागि उड्ने योजना रहेको बताइन्

अध्ययन सकाएर असार गते गृह जिल्ला दाङ आएकी केसीलाई अहिले आफ्नो क्षेत्रको प्रतिष्ठा बढाएको भन्दै सम्मान गर्नेहरुको भिड लाग्न थालेपछि उनलाई समय मिलाउन गारो भएको स्थानियवासी ज्योतीले प्राप्त गरेकोसफलता केसी परिवारमा मात्रै होइन हामी सबैका लागि गौरवको विषय भएको बताएका छन् उनका बाबु नरबहादुर केसीले छोरीले अन्तरिक्ष यात्रीको प्रशिक्षण पूरा गरेकोमा निकै गर्व लागेको बताए

ज्योती यो तालिम र लामो समयको अमेरिका बसाईपछि एक महिनाका लागि नेपाल आएकी छन् । 

ज्योती अहिले दाङको राप्ती गाउंपालिका १ भालुवाङ (पुरानो बजार) प्यूठान जाने बाटोमा रहेको घरमा छन् । उनले यो सफलता पाएको खबर शुक्रवार सार्वजनिक भएपछि उनलाई बधाई दिन र उनीसंग फोटो खिचाउनेदेखि समाचार संकलनका लागि घरमा भिड लागेको छ ।

ज्योती आमाबुबाकी पांच छोरी मध्येकी कान्छि छोरी हुन् । एक किसानको छोरी ज्योती नेपालको पहिलो महिला अन्तरिक्षयात्री बन्दैछन् । तर, ज्यातीको परिवारले गरेको संघर्ष भने अहिले झ्याप्प देखेजस्तो रंगीन छैन । न त ज्योती आफैले आजसम्म पार गरेको यात्रा नै त्यति सजिलो छ । केही दिनदेखि फैलिएको यो खुशीसम्म आईपुग्न उनको परिवारले धेरै अफ्ठेरा बाटाहरु छिचोलेर आएका छन । 

बुबाको संघर्ष 

बुबा नरबहादुर प्यूठानको ओखरकोटका बासिन्दा हुनुहुन्थ्यो । पछि कपिलबस्तुको मधुवन हुदै दाङको तत्कालिन लालमटिया गाउ विकास समितिको राप्ती नदीको किनारमा सुकुम्वासी(ऐलानी) क्षेत्र भालुवाङ पुल्चोकमा बसाई सरेको केसीको परिवारलाई त्योवेला गरेको पिडादायी संघर्षको क्षण अहिले पनि झल्झली याद आईरहन्छ 

अति सरल स्वाभिमानी जिवन जिउदै आउनु भएका केसीको परिवारले   दाङमा जिविकोपार्जनका लागि धेरै संघर्ष गर्नु भएको राजनीतिक रुपमा सचेत भएका कारण आफु संघर्षबाट कहिल्यै विचलित नभएको आफ्ना सन्तानलाई पनि त्यही शिक्षा दिदै आएको केसीले नेप्लिज डायस्पोरासंगको भेटमा स्मरण गर्नुभयो 

२०३० तिर उहां दाङ आउनु भएको हो लगातार वटा छोरी जन्मेपछि उहालाई आफ्नानजिकका नातेदार एवं समाजले हेर्ने दृष्टिकोणमा परिर्वतन आएको अनुभूती त्यसै वेलादेखि उहाले गर्नु भएको थियो । तर त्यसबाट उहाले आफु र आफ्नो जिवनसंगिनीलाई विचलित हुन दिनु भएन आज उहाकी कान्छीछोरी नेपाल कै पहिलो अन्तरिक्षयात्री बन्ने दौडमा अन्तिम सफलता प्राप्त गर्दैगरेको क्षण आउदा ति पिडामा मल्हम लागेको

04472C66-EBF5-4507-9F4A-904DE704538F.jpeg

दाङ आएपछि केसीले खेती किसानीसहित व्यापार व्यवसाय गर्ने सोंच बनाएर काम थाल्नु भयो सानो किराना दोकान गर्दै अगाडी बढ्नु भएका केसीले भर्खर वजारको विस्तार हुदै गरेको भालुबाङको पुल्चोकमा दुध डेरी व्यबसाय आरम्भ गर्नु भएको थियो सो क्षेत्रमा आधुनिक तरिकाले दुध डेरीखोलिएको पहिलो नै थियो केटाकेटीहरु सानै रहेको अवस्थामा केसीदम्पत्ति रातदिन गरि चलाएको सो व्यवसाय धेरै टिक्न सकेन आफुले थालेका व्यवसायहरु सफल हुन नसकेको भएपनि छोरीहरुलाई दिने शिक्षामा कुनै कमी हुन दिनु भएको थिएन आज त्यसैको प्रतिफल ज्योती राष्ट्र कै गहना बन्न पुगेकि छन्

जन्मथलो छाडेर बसाई सराई गरि दाङमा आएपछि कृषि पेशा, व्यापारव्यवसाय, राजनीति, समाजसेवा पारिवारिक जिम्मेवारीलाई एकसाथ कसैले औला देखाउने अवस्था आउन नदिएर विचलित नहुदै गरेको संघर्षको परिणाम केसीकी छोरी राप्ती गाउँपालिका भालुबाङकी २७ वर्षीया ज्योतिकेसी आज नेपाल कै पहिलो अन्तरिक्षयात्री बन्ने शिक्षा तालिम प्राप्त गर्न सफल भएकि छन्

कक्षा १० सम्म स्थानिय स्कूलमा अध्ययन गरेर एसएलसी उत्रिर्ण गरेकि ज्योतीले उच्च शिक्षा बुटवलबाट लिएकी हुन । दाङको लालमटियामा रहेको मुनलाइट स्कुलमा अध्ययन गरेकी उनले प्लसटु बुटवलको योगि कुटीमा रहेको मणिमुकुन्द कलेजबाट गरेकी थिइन् २०७२ सालमा प्लस टु सकेकी ज्योती वर्षअघिडिभीचिठ्ठा परेपछि अमेरिका गएकी हुन्

डिभीचिठ्ठा परेर अमेरिका पुगेकी ज्योतीले सुरुका वर्षसम्म रोजगारी गर्दै अध्ययनलाई अगाडी बढाउने योजना बनाएर लागेको बताउछिन् । रोजगारीक कै क्रममा उनले अमेरिकी सेनामा भर्ना हुने योजना पनि बनाएकी थिईन  त्यो पनि सफलता हात लाग्यो, उनी अमेरिकी वायुसेनामा छनौट भईन  उनी भन्छिन,"मैले अमेरिकामा के गरिरहेको छु भनेर नेपालमा आमाबुबालाई केही भनेको थिइन सुरुसुरुमा काम गर्छु मात्र भने पछिपछि मात्र सबै कुरा भन्न थालेको थिए तर एयरफोर्स जान लागेको कुरा भने धेरै पछिसम्म पनि कसैलाई भनेको थिइनँ

अमेरिका पुगेको तीन महिनादेखि नै उनले अमेरिकी वायु सेना बन्ने तयारी थालिसकेकी थिइन् अमेरिका गएपछि अर्कै जागिरमा थिएँ, तर अमेरिकी वायु सेना बन्ने तयारी पनि गरिरहेको थिएँ,’ ज्योतीले भनिन्, "मलाई फ्रि कोटामा नाम निकास्ने अवसर प्राप्त भयो।" अमेरिकी वायु सेनामा नाम निस्किएपछि १३ महिनाको तालिम सुरु लिन लिन थालेको उनको भनाई

अमेरिकामा एयरफोर्समा सामेल हुनका लागि त्यत्ति सजिलो रहेनछ, त्यसमा लामो प्रक्रिया पुरा गर्नु पर्ने भएका कारण आवश्यक प्रक्रिया बुझेर मात्र प्रयास थालेको ज्योती बताउँछिन  "पहिलोपटक तयारी गर्दा मेरो तौल नपुगेर छनौंट हुन सकेको थिइन अमेरिकी सेनामा छनौट हुन ५० किलो हुनुपर्दो रहेछ मेरो तौल मात्र ३५ किलो थियो पहिलो पटक असफल भएपछि  आफ्नो तौल बढाउनतर्फ लागे ।" ज्योतीले भनिन– "मलाई सेनामा भर्ती हुने भित्रैबाट इच्छा थियो मैले महिनामा आफ्नो ५० किलो पु¥याएँ दोस्रो पटकको प्रयासमा छनौट पनि भए छनौट भएपछि मात्र बुबाआमालाई त्यसबारेमा जानकारी गराए ।"

ज्योतीका अनुसार लिखित परिक्षा तौल परिक्षणमा पास भएको भएपनि त्यसपछिका धेरै चरण पारे गरेर मात्र जागिरको लागि छानिने प्रक्रिया हुदोरहेछ त्यहां स्वास्थ्य परीक्षण, व्यक्तिको पृष्ठभूमि जाँच लगायतका अनुसन्धान पुरा गरेर प्रक्रिया थालेको करिब १४ महिना पछि मात्र वायु सेनामा जागिर तय भएको थियो उनलाई वायु सेनाको जागिरकै क्रममा अन्तरिक्षयात्री बन्ने अर्को अवसर प्राप्त भएको हो, जुन उनको जीवनको सबैभन्दा खुशीको क्षण भएको  ।

विहान अवेरसम्म सुत्ने आदत रहेको ज्योतीले अहिले त्यो अवसर पाएकि छैनन शनिवार विहान उनका बुवा नरवहादुर केसीलाई टेलीफोन संपर्क गर्दा उनी सुतिरहेको बताउदै हुनुहुन्थ्यो

"अन्तरिक्षको यात्रा गर्ने पुग्ने मेरो जीवनको लक्ष्य हो तर मलाई त्यहाँ पुग्न अझै कति समय लाग्छ, थाहा छैन तर त्यो पूरा गर्नेछु ।" ज्योती भन्छिन "एनालग आस्टर्ड अन्तरिक्षको रिसर्च परिक्षा पुरा गर्ने नेपाली नागरिक म पहिलो हो होइन मैले खोजी गरेको छैन तर अहिलेसम्म अन्तरिक्षमा नेपाली चाही कोहि पनि गएको छैन, म जाने तरखरमा छु ।"

आफुलाई यो सफलता प्राप्त हुनुका पछाडी बुवा नरबहादुरको एउटा भनाईलाई ज्योतीले प्रेरणाका रुपमा लिएको बताउदै भनिन, "विहान ढिलासम्म सुत्दा बुबाले सधैँ भन्नुहुन्थ्यो, 'मान्छेहरु बिहानै उठेर अन्तरिक्षमा पुगिसके, तिमीहरू अझै उठेका छैनौ कसरी हुन्छ ?' त्यो भना मेरो मनमा बसेको थियो । जसले गर्दा पनि आज  अन्तरिक्ष पुग्ने यात्रामा छु ।" 

ले ज्योती अन्तरिक्षमा पुग्लिन? अहिले धेरैको प्रश्न हो यो । यसको उत्तर सहज र सजिलो छैन । र उनी आफै पनि ठोकुवा गरेर केही भन्न सक्दिनन । अहिलेलाई यत्ति मात्र भन्न सकिन्छ की अन्तरिक्षको यात्रामा ज्योतीका पाईलाहरु अग्रसर भईसकेका छन । 

images
प्रकाशित मिति :आषाढ १९, २०७९ आइतवार - १८:११:२४ बजे

सतीश चापागाईं

Copyright © All right reserved to Nepalses Diaspora Site By: SobizTrend