पाचौं न्याक (NAC) का अवसरमा आयोजित फुटबल प्रतियोगीताको उपाधी सांग्रिला फुटबल क्लबले जितेको छ । खेलको दोश्रो उपाधी युनाईटेड नेप्लिज फुटबल क्लब भर्जिनियाले जितेको छ ।
अमेरिकी स्वतन्त्रता दिवसको अवसरमा हरेक बर्ष यो प्रतियोगीताको आयोजना गरिन्छ । यस बर्षको प्रतियोगीता बाल्टिमोर एथलेटिक्स क्लबले आयोजना गरेको थियो भने साथी बाल्टिमोर र एनआरएनए अमेरिका, मेरिल्याण्ड च्याप्टरले संयुक्त रुपमा सहयोग गरेका थिए ।
अमेरिकाको मेरिल्याण्ड राज्यको बाल्टिमोरमा भएको प्रतियोगीतामा अमेरिकामा क्रियाशील १६ नेपाली फुटबल टिमको सहभागीता थियो ।पाच टिम मेरिल्याण्डबाट थिए भने बाकी टिम न्युयोर्क, भर्जिनिया, पेन्सिलभेनिया, क्यालिफोर्निया र टेक्सास राज्यबाट आएका थिए ।
प्रथम भएको टिमले सिल्ड र प्रमाण पत्र सहित नगद १० हजार डलर हात पारेको छ । प्रथम पुरस्कारको प्रायोजन एनआरएनए मेरिल्याण्ड च्याप्टर र साथी बाल्टिमोरले संयुक्त रुपमा गरेका थिए भने दोस्रो पुरस्कारको प्रायोजन onest रियल स्टेट र ISTACK ले गरेका थिए ।
यो प्रतियोगीता अमेरिकाको नेपाली समुदायको सबैभन्दा धेरै पुरस्कार राशी भएको प्रतियोगीता हो ।
