Logo

सोमवार, श्रावण २५ गते २०८३   |   2026 August 10

images

images

साथी बाल्टिमोरका संस्थापक संयोजक रमेश भट्ट 'नेपाली छोरो' बाल्टिमोर काउण्टिद्वारा सम्मानित

साथी बाल्टिमोरका संस्थापक संयोजक रमेश भट्ट 'नेपाली छोरो' बाल्टिमोर काउण्टिद्वारा सम्मानित

सतीश चापागाईं

२२, आषाढ २०७९
images
साथी बाल्टिमोरका संस्थापक संयोजक रमेश भट्ट 'नेपाली छोरो' बाल्टिमोर काउण्टिद्वारा सम्मानित

 

 
साथी बाल्टिमोरका संस्थापक संयोजक रमेश भट्ट 'नेपाली छोरो' बाल्टिमोर काउण्टिले सम्मान गरेको छ ।
 
काउण्टि एक्जुक्टिभ जोन ए. ओजेवस्की जुनियरद्वारा हस्ताक्षर गरिएको साईटेशनमा विभिन्न सामाजिक गतिविधी मार्फत यूवाहरुलाई एक गराएको र समुदायलाई सहयोग पुर्याएका कारण उहांलाई सम्मान गरेको उल्लेख गरिएको छ । 
"बाल्टिमोरका नागरिकका तर्फबाट तपाईका आगामी दिनहरुमा निरन्तर प्रगतीको शुभकामना व्यक्त गर्दछौं ।" साईटेशनमा भनिएको छ । 

रमेश भट्ट 'नेपाली छोरो' बाल्टिमोरका सक्रिय यूवा हुनुहुन्छ । उहां साथी बाल्टिमोरका संस्थापक संयोजक हुनुहुन्छ । 

एनआरएनए अमेरिका मेरिल्याण्ड च्याप्टर, साथी बाल्टिमोर र बाल्टिमोर एथ्लेटिक्स क्लबले आयोजना गरेको एक कार्यक्रमका क्रममा उक्त सम्मान गरिएको हो ।

मेरिल्याण्डका विभिन्न संस्थाहरुले गरेको सिफारिशका आधारमा काउण्टि एक्जुक्टिभको कार्यालयले उहांलाई यो सम्मान प्रदान गरेको हो । समाजमा उल्लेख्य योगदान गरेको भन्दै अन्य व्यक्ति र संस्थालाई पनि साईटेशन प्रदान गरिएको थियो । 

उहांका साथै तेक्वान्दोका अन्तराष्ट्रिय खेलाडी तथा रेफ्री राजु क्षेत्री, नेप्लिज डायस्पोराका प्रधान सम्पादक सतीश चापागाई, साथी बाल्टिमोर, एनआरएनए मेरिल्याण्ड च्याप्टरका अध्यक्ष राजु पराजुली, बाल्टिमोरको सामाजिक संस्था बानाका अध्यक्ष सुबोध विलास पन्त, बाल्टिमोर एथ्लेटिक्स क्लब र नेपाली अमेरिकन कन्भेन्सनका अध्यक्ष व्यास विसुलाई पनि यो सम्मान प्रदान गरिएको थियो ।  

यसैबीच पाचौं न्याक फुटबल प्रतियोगीताको समापनमा उहांलाई डिष्ट्रिक ८ का स्टेट डेलिगेट ह्यारी भण्डारीले पनि साईटेशन प्रदान गर्नु भएको थियो ।

B6612D57-0193-40BB-8934-01FCAF46A90F.jpeg

 

 

images
प्रकाशित मिति :आषाढ २२, २०७९ बुधवार - १७:३४:१० बजे

सतीश चापागाईं

Copyright © All right reserved to Nepalses Diaspora Site By: SobizTrend