Logo

सोमवार, श्रावण २५ गते २०८३   |   2026 August 10

images

images

शिखर सन्तोषको संगीतमा ईण्डियन आईडल पवनदीप र अरुनिताले नेपाली गीत गाए

शिखर सन्तोषको संगीतमा ईण्डियन आईडल पवनदीप र अरुनिताले नेपाली गीत गाए

सतीश चापागाईं

२३, आषाढ २०७९
images
शिखर सन्तोषको संगीतमा ईण्डियन आईडल पवनदीप र अरुनिताले नेपाली गीत गाए

काठमाडौं । लोकप्रिय तथा बरिष्ठ संगीतकार शिखर सन्तोषको संगीतमा इन्डियन आइडल विजेता पवनदीपले नेपाली गीतमा पहिलो पटक स्वर दिएका छन् । उनले गीतकार तथा कवि आनन्द अधिकारीको शब्दमा नेपाली गीत गाएका हुन् । गीतको संगीत संयोजन उदयराज पौडेलले गरेका छन् ।

गीत हालै मुम्बई रेकर्ड गरिएको संगीतकार सन्तोषले बताए । म्युजिक नेपालबाट छिट्टै सार्वजनिक हुने गीतको बोल अहिले गोप्य राखिएको छ । नेपालीबजार ध्यानमा राखेर तयार गरिएको गीतमा अरुनिताको पनि स्वर छ । अरुनिताले पनि पहिलो पटक नेपाली गीत गाएकी हुन् ।

पवनदीप र अरुनिता दुबैको स्वर रहेको गीतले नेपाली संगीतिक बजारमा राम्रो चर्चा पाउने अपेक्षा संगीतकार सन्तोषको रहेको छ भने उक्त गीतको रचनाकार भने एस पी सापकोटा रहेका छन्। स्मरण रहोस संगीतकार शिखर सन्तोषले भारतकि प्रख्यात गायिका लता मंगेस्करको नेपाली गित ‘बाँचुन्जेलीलाई’मा समेत संगीत भरेका छन्

images
प्रकाशित मिति :आषाढ २३, २०७९ बिहिवार - २२:०५:२४ बजे

सतीश चापागाईं

Copyright © All right reserved to Nepalses Diaspora Site By: SobizTrend