तीज आउन केही समय बांकी नै भएपनि तीजका गीतहरु सार्बजनिक हुन शुरु भएका छन । यो बर्षका लागि एउटा मीठो भाव बोकेको गीत सार्बजनिक भईसकेको छ ।
शुष्मा देवकोटाको शब्द, दीप घतानीको संगीत र अन्जु श्रेष्ठको स्वरमा नयां गीत "सिउंदोमा सिन्दुर" बोलको गीत सार्बजनिक भएको हो ।
हालै सार्बजनिक भएको गीतको भिडियोमा अन्जु श्रेष्ठ र सुनिषा श्रेष्ठ, गंगामाया श्रेष्ठ, आर्डिन तामागं र स्पन्दन प्रजापतीको अभिनय रहेको छ ।
भिडियो हेरौं