Logo

सोमवार, श्रावण २५ गते २०८३   |   2026 August 10

images

images

चौंसठ्ठी जना अनुसन्धानकर्ताको शोध प्रस्तुत गर्दै पांचौ एन्पा कन्फरेन्स सम्पन्न

चौंसठ्ठी जना अनुसन्धानकर्ताको शोध प्रस्तुत गर्दै पांचौ एन्पा कन्फरेन्स सम्पन्न

सतीश चापागाईं

११, श्रावण २०७९
images
चौंसठ्ठी जना अनुसन्धानकर्ताको शोध प्रस्तुत गर्दै पांचौ एन्पा कन्फरेन्स सम्पन्न

पाचौं एन्पा कन्फेरेन्स-२०२२, जुलाई १५-१७ मा सम्पन्न भएको छ।
भौतिक उपस्थितीमा भर्जिनियाको ओल्ड डोमिनिअन विश्वबिध्यालय र अनलाइनमार्फत करिब ६४ जना अनुसन्धानकर्ताहरुले आफ्नो शोध प्रस्तुत गरेका थिए।


अमेरिका, नेपाल, जापान, भारत, लगायत बिभिन्न देशबाट अनुसन्धानकर्ताहरुले आफ्नो खोज-अनुसन्धान प्रस्तुत गरेका थिए।
भौतिकशास्त्रको बिभिन्न बिधामा गरिएका प्रस्तुतिहरु अति रोचक अनि ज्ञानबर्धक थिए।


डेलावेर विश्वबिद्यालय अमेरिकाका प्रशिद्ध भौतिकशास्त्री डा सफिले प्रमुख बक्ताको रुपमा एक बिशेष प्रस्तुति दिए।


बाङ्लादेश-चिन-भियतनाम-श्रीलंका-पाकिस्तान-भारत अनि नेपाल जस्ता बिकासोन्मुख राष्ट्रमा भौतिक शास्त्रको बिकासको लागि ८० को दशकमा गर्मी विदामा चलाइएका बिभिन्न स्कुलहरुको बारेमा डा सफिले अत्यन्त रमाइलो अनि प्रेरणादायी प्रस्तुति दिएका थिए।

डा साफि स्वयम् र आफ्ना सहकर्मी बैज्ञानिकहरुसँग मिलेर नेपालको राजधानी काठमाडौँमा बिभिन्न समयमा भौतिक शास्त्रको बिभिन्न बिषयहरु पढाएका थिए।


त्यसरी नेपालमा गएर नेपालका भौतिकशास्त्रीहरुलाई भौतिकशास्त्र बिषयमा तालिम दिने बैज्ञानिकहरुमा प्रोफेसर डा अब्दुस सलाम (भौतिकशास्त्र नोबेल पुरस्कार बिजेता सन् १९७९),
फिलिप वारेन एन्डर्सन (भौतिकशास्त्र नोबेल पुरस्कार बिजेता सन् १९७६) लगाएत अन्य प्रसिद्ध भौतिकशास्त्रीहरु थिए।

एन्पा बैज्ञानिक गोष्ठिको अर्को रोचक कार्यक्रम "उपयुक्त अनुसन्धान लेखन" थियो । अमेरिकाका नेपाली बैज्ञानिकद्वय डा दुर्गा पौड्याल र डा शम्भु घिमिरेले कसरी बैज्ञानिक खोज-अनुसन्धालाई प्रस्तुत गर्ने, खोज-अनुसन्धानलाई सारांशलाई कसरी लेख्ने र प्रसिद्ध जर्नलमा कसरी प्रकाशन गर्ने भनेर साह्रै राम्रो प्रशिक्षण दिनुभयो।


त्यस्तै अर्का बैज्ञानिक डा विश्वनाथ गैरेले नेचरजस्ता प्रसिद्ध जर्नलमा खोज-अनुसन्धान प्रकाशित गर्दाको आफ्नो सम्पादकको अनुभव प्रस्तुत गर्नुभयो।

2734A407-7514-46A2-9982-60A841A4F3B4.jpeg


यो कार्यक्रम अनलाइनमार्फत भएपनि नेपाल र अमेरिकाबाट धेरै बैज्ञानिक, खोज्-अनुसन्धानकर्ताहरुले भाग लिनुभएको थियो। यसमा नेपालबाट त्रिभुवन विश्वबिद्यालय भौतिकशास्त्र केन्द्रिय बिभागका भौतिकशास्त्री अनि विद्यार्थीहरुको बाक्लो उपस्थिती थियो।

कार्यक्रमको अन्तमा वार्षिक समिक्षा बैठक बस्यो। एन्पा संस्थाका सचिब एवम एन्पा बैज्ञानिक गोष्ठीका सह-सयोंजक डा चन्द्रमणी अधिकारीले एन्पाले
बर्षभरी गरेका कार्यक्रमको समिक्षा अनि आर्थिक प्रतिबेदन प्रस्तुत गर्नुभयो। अन्तमा एन्पा बैज्ञानिक गोष्ठीका सयोंजक डा पशुपती ढकालले एन्पा बैज्ञानिक गोष्ठी
सफल गराउन सहयोग गर्नुहुने सबै आयोजक समितिका साथीहरु, अनलाइन वेबेक्स संचालनमा साथ दिने सबै साथीहरु लगायत बैज्ञानिक गोष्ठीका
भिन्न सत्रहरु संचालन गरिदिएर सहयोग र साथ दिने सबै बैज्ञानिक साथीहरुलाई हृदयदेखी नै सधन्यबाद दिनुभयो। एन्पा बैज्ञानिक गोष्ठी
२०२२ सफल गराउन आर्थिक रुपमा सहयोग प्रदान गर्ने कम्पनी SAES र भौतिकरुपमा ठाउँँ उपलब्ध गराइदिने ओल्ड डोमिनिओन विश्वबिद्यालय
लाई एन्पा मुरी - मुरी धन्यवाद दिन चाहन्छ।

images
प्रकाशित मिति :श्रावण ११, २०७९ बुधवार - ०५:१६:११ बजे

सतीश चापागाईं

Copyright © All right reserved to Nepalses Diaspora Site By: SobizTrend