Logo

सोमवार, श्रावण २५ गते २०८३   |   2026 August 10

images

images

प्रवासी नेपाली एकता मंच र द गुरुङ (तमु ) सोसाईटी अमेरिकाको संयुक्त रक्तदान कार्यक्रम

प्रवासी नेपाली एकता मंच र द गुरुङ (तमु ) सोसाईटी अमेरिकाको संयुक्त रक्तदान कार्यक्रम

सतीश चापागाईं

११, श्रावण २०७९
images
प्रवासी नेपाली एकता मंच र द गुरुङ (तमु ) सोसाईटी अमेरिकाको संयुक्त रक्तदान कार्यक्रम

प्रवासी नेपाली एकता मंच अमेरिका र द गुरुङ (तमु ) सोसाईटी अमेरिकाको संयुक्त संयोजनमा न्युयोर्कको ज्याक्सन हाइटसमा रक्दान कार्यक्रम सम्पन भएको छ ।

जुलाई २३ तारिख शनिवार सम्पन्न रक्तदानमा कुल ५१ पाउण्ड रगत संकलन भएको थियो ।

उक्त कार्यक्रममा प्रवासी नेपाली एकता मंचका तर्फ बाट अध्यक्ष टेक गुरुङ , वरिष्ठ उपाध्यक्ष यम लामा , महासचिव शंकर पन्त सहितका नेताहरु उपस्थित हुनुहुन्थ्यो भने सँस्थाका राज्य कमिटी अध्यक्ष सौमेंद्र रञ्‍जित , सचिव देवकी पन्त, कोषाध्यक्ष उमा तामाङ्गको विशेष सक्रियता थियो । द गुरुङ ( तमु ) सोसायटी अमेरिकाका अध्यक्ष तोरण गुरुङ सहितका पदाधिकारीहरुको सक्रियता प्रशँसा योग्य थियो ।

रक्तदाता देखि आगन्तुकहरुलाइ फलफुल तथा खाना खुवाउने कामले कार्यक्रमको रौनक नै थपेको थियो । जनसम्पर्क समिति अमेरिकाका सभापती आनन्द बिष्ट, आदिवासी जनजाति महासंघ अमेरिकाका अध्यक्ष राजकुमार बिष्ट देखि अन्य थुप्रै विशिष्टहरु रक्तदान देखि कार्यक्रममा रक्तदाताहरुको हौसला बढाउन सक्रिय रहेको देखिएको थियो ।

रगत अभावको यस समयमा गर्मिको अलावा पनि यति रक्तदान हुनु उल्लेख्य उपलव्धि भएको भन्दै आयोजकहरुलाइ रगत संकलक संस्थाले धन्यवाद दिएको थियो भने रक्तदाताहरुलाइ आयोजक सँस्थाका पदाधिकारीहरुले सम्मान पत्र हस्तान्तरण गरेका थिए ।

images
प्रकाशित मिति :श्रावण ११, २०७९ बुधवार - ०८:१२:५४ बजे

सतीश चापागाईं

Copyright © All right reserved to Nepalses Diaspora Site By: SobizTrend