प्रतिनिधिसभाको बैठकले पारित गरेको ६ दिनपछि आज राष्ट्रिय सभाले पनि ‘नेपाल नागरिकता (पहिलो संशोधन) विधेयक, २०७९ माथि व्यापक छलफल गरी पारित गरिनु सबै एनआरएनहरुको लागि खुशीको खबर भएको एनआरएनए अध्यक्ष कुल आचार्यले बताएका छन ।
आचाक्यले आफ्नो फेसबुक टाईम लाईन मार्फत यो खुशी विचार व्यक्त गरेका हुन ।
अध्यक्ष आचार्यले "केही दिन मै विधेयकले राष्ट्रपतिबाट प्रमाणीकरण भएपछि उक्त विधेयक कानून बन्ने छ र गैरआवासीय नेपाली नागरिकता कार्यान्वयनको बाटो खुल्ने छ।"भन्ने विश्वास पनि व्यक्त गरेका छन ।
आचार्यले लेखेको पोष्ट यस्तो छ:
सबै एनआरएनहरुका लागि खुसीको दिन:
प्रतिनिधिसभाको बैठकले पारित गरेको ६ दिनपछि आज राष्ट्रिय सभाले पनि ‘नेपाल नागरिकता (पहिलो संशोधन) विधेयक, २०७९ माथि व्यापक छलफल गरी पारित गरेको छ।
अब सम्माननीय राष्ट्रपतिज्यूबाट प्रमाणीकरण भए पछि उक्त विधेयक कानून बन्ने छ र गैरआवासीय नेपाली नागरिकता कार्यान्वयनको बाटो खुल्ने छ। संसारभरि रहेका नेपालीहरुलाई मातृभूमिसंग जोड्नुका साथै यो विधेयकले एनआरएनहरुलाई नेपाली सरह सामाजिक, आर्थिक र सांस्कृतिक अधिकार प्राप्त गर्ने बाटो सुनिश्चित गरेको छ।
नेपालमा रहेको हाम्रो सम्पत्ति सुरक्षित रहनुका साथै लगानीको ढोका खुलेको छ। संघको स्थापना काल देखि नै हाम्रा अग्रजहरुले गरेको अथक प्रयास र वर्तमान कार्य समितिको निरंतर लबीइंग पछि हामीले गैरआवासीय नेपाली नागरिकता पाउन लागेका छौं। यसलाई एउटा ऐतिहासिक उपलब्धिको रुपमा लिंदै अब बन्ने नयाँ कानूनमा हाम्रा हक, अधिकार सुरक्षित गर्न आआफ्नो ठाउंबाट योगदान गर्न म सबै मित्रहरुलाई आग्रह गर्दछु। एनआरएनहरुको हितका लागि एकजुट हुन पनि म सबै साथीहरुलाई अपिल गर्दछु। हाम्रो एकता नै हाम्रो बल हो।
यस अवसरमा उक्त विधेयक पारित गर्न सहयोग गर्नु हुने राष्ट्रिय सभा तथा प्रतिनिधि सभाका सम्पूर्ण सांसदज्यूहरु, सम्माननीय प्रधान मंत्री शेरबहादुर देउवाज्यू, माननीय गृह मंत्रीज्यू, कानून मंत्रीज्यू लगायत नेपाल सरकार, राजनीतिक दलका नेताहरु, कानूनविद्, मिडिया लगायत संघका सम्पूर्ण साथीहरुलाई हार्दिक धन्यवाद दिन चाहन्छु।
कुल आचार्य
अध्यक्ष
गैरआवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय परिषदत