बानाले 'जीवन रुपान्तरणका लागि सकारात्मक सोंच' बिषयक मोटिभेसनल स्पिचको कार्यक्रम आयोजना गरेको छ । यसका लागि नेपालबाट लामो समयदेखि मोटिभेसनल स्पिकरका रुपमा सक्रिय सुदन ज्ञवाली आउनु हुने भएको छ ।
ज्ञवाली नेपालमा लामो समयदेखि यहि क्षेत्रमा क्रियाशील हुनुहुन्छ ।
अमेरिकामा उहांले न्यु योर्क र क्यालिफोर्नियामा कार्यक्रम भव्य रुपमा सम्पन्न गरिसक्नु भएको छ । टेक्सासमा यो हप्ताको लागि तयारी भईरहेको र अगष्ट ७ मा बाल्टिमोरमा हुने कार्यक्रम तय भईसकेको छ ।
"कार्यक्रममा सहभागी भएर यो जीवन उपयोगी सीप लिनुहुन सबैलाई अनुरोध गर्दछु ।" बाल्टिमोरको लोकप्रिय संस्था बानाका अध्यक्ष सुवोध विलास पन्तले नेप्लिज डायस्पोरा मार्फत अनुरोध गर्नुभयो ।
"जहां पुगेको छु त्यहां सबैजना उत्साहि हुनुभएको छ। बानाको कार्यक्रममा धेरै साथीहरु सहभागी हुनुहुनेछ भन्ने आशा गरेको छु ।" सुदन ज्ञवालीले भन्नुभयो ।