मेरिल्याण्डको बाल्टिमोरमा गायक निमा रुम्बाको बिशेष सांगितिक कार्यक्रम हुने भएको छ ।
यहि अगष्ट ७ गते सांझ ७:३० बजेदेखि रातीसम्म यो कार्यक्रम हुनेछ ।
यो सांगितिक कार्यक्रममा एन्जल ब्याण्डका गायक राजु लामाले पनि आफ्नो ब्याण्डको प्रस्तुती दिने छन ।
यो कार्यक्रममा बाल्टिमोरका नयां पुस्ताका कलाकारहरुले पहिलो पटक स्टेज शेयर गर्ने बुझिएको छ । यो सांझमा नव गायिका प्रनिमा आचार्यले पहिलो पटक स्टेजमा गीत गाउने भएकी छिन । साथै उत्तम श्रेष्ठ र राजल लामा र पेमा मानसिंग तामागंको पनि प्रस्तुती रहने छ ।
डिएमभी ईभेन्ट्सको आयोजनामा साथी बाल्टिमोर र ईनास मेरिल्याण्डको सहयोगमा यो कार्यक्रम हुदैछ ।
कार्यक्रमका लागि निमा रुम्बा अगष्ट ३ मा बाल्टिमोरमा आउदै छन ।
अमेरिकाको मेरिल्याण्डमा डेढ दशकदेखि बस्दै आएका लाजु लामाले पहिलो पटक आफ्नो ब्याण्डसंगै गाउने भएको आयोजकले जानकारी दिएका छन ।
कार्यक्रमबाट संकलन हुने आम्दानी स्थानीय सामाजिक संस्थाहरु साथी बाल्टिमोर र ईनास मेरिल्याण्डको लागि सहयोग स्वरुप प्रदान गरिने पनि बताईएको छ ।