नायक धिरेन शाक्यसंग मोडेल मन्जु थापाले पाल्पाको रानीमहल दरबारमा एक प्रेमील गीतमा अभिनय गरेकी छिन ।
गायक आनन्द कार्की र साधना सरगमको स्वरमा सजिएको गीतले दुई मन आफ्नै संसारमा रमाएर बाचौं भन्ने भावना बोकेको छ ।
प्रेमको प्रतीक रानीमहलमा यो प्रेमील गीतमा आफूलाई मन पर्ने नायक धिरेन शाक्यसंग अभिनय गर्न पाउनुलाई मन्जुले एउटा अवसरको रुपमा लिएकी छन ।
पाल्पाको तेल्घाकी मन्जु लामो समयदेखि हगंकगंमा बस्दै आएकी छन । गीत संगितमा रुची भएकी मन्जुले यस अघि पनि केही गीत गाएकी अभिनय गरेकी छन ।
भिडियो हेर्नुहोस: