Logo

सोमवार, श्रावण २५ गते २०८३   |   2026 August 10

images

images

ह्योल्मो सोसाइटी अफ अमेरिकाको आयोजनामा ५० पिण्ट रक्तदान

ह्योल्मो सोसाइटी अफ अमेरिकाको आयोजनामा ५० पिण्ट रक्तदान

सतीश चापागाईं

२५, श्रावण २०७९
images
ह्योल्मो सोसाइटी अफ अमेरिकाको आयोजनामा ५० पिण्ट रक्तदान

 

२०७९ श्रावण २४, मंगलवार ११:२२


ह्योल्मो सोसाइटी अफ अमेरिकाले न्युयोर्कको उडसाइडमा अवस्थित ह्योल्मो सोसाइटीको कार्यालयमा भएको रक्तदान कार्यक्रममा ५० पिन्ट रगत संकलन भएको थियो ।

न्यूयोर्कमा रहेका नेपाली समुदायलाई सामाजिक योगदान पुर्‍याउनुका साथै रगत अभावमा समस्यामा परेका व्यक्तिको जीवन बचाउन सहयोग पुगोस् भनेर रक्तदान कार्यक्रम गरेको संयोजक तथा सोसाइटीका उपाध्यक्ष एवं फिप्नाका रिजनल भाइस प्रेसिडेन्ट माया लामाले जानकारी दिइन् ।

169A0A3C-8029-4AA9-ACF6-0BBEC994B0C3.jpeg

कार्यक्रममा ह्योल्मो सोसाइटीका अध्यक्ष ढुण्डुप लामा ह्योल्मो, उपाध्यक्ष लामा, कार्य समितिका अन्य पदाधिकारीहरु, विभिन्न सामाजिक संघसंस्थाका प्रतिनिधीहरु सहित ५० जनाले रक्तदान गरेका थिए । सोसाइटीका अध्यक्ष ढुण्डुप लामा ह्योल्मोले कार्यक्रममा सहभागी रक्तदाताहरुलाई धन्यवाद दिंदै प्रशंसापत्र वितरण गरेका थिए ।

कार्यक्रममा प्रवासी नेपाली एकता मञ्च न्यूयोर्क च्याप्टरका राज्य कमिटी कोषाध्यक्ष उमा तामाङ, फिप्नाका महिला भाइस प्रेसिडेन्ट छोन्जोम लामा, फिप्नाका सहकोषाध्यक्ष दिपक चौधरीलगायत विभिन्न संघसंस्थाका प्रतिनिधीहरु सहभागी भई कार्यक्रम सफल बनाउन योगदान गरेकोमा आयोजकले सहभागी सबैलाई धन्यवाद व्यक्त गरे । पछिल्लो समय विभिन्न समुदायका संस्थाहरुले मानवीय सेवालाई मध्यनजर गरी रक्तदान कार्यक्रम आयोजना गर्दै आएको छ ।

EAECBFA6-BDA9-4206-901C-EE5AFB67692F.jpeg

images
प्रकाशित मिति :श्रावण २५, २०७९ बुधवार - १८:२४:०१ बजे

सतीश चापागाईं

Copyright © All right reserved to Nepalses Diaspora Site By: SobizTrend